स्वास्थ्य

यी हुन् काेराेनाकाे उच्च मारमा परेका दश देश, विश्वभर संक्रमितमध्ये ०.६ प्रतिशतकाे अवस्था गम्भिर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसले सताइरहेकाे छ । भारतमा पछिल्लाे २४ घण्टामा विश्वभरका सबैभन्दा धेरै काेराेना संक्रमित र मृत्यु भएका छन् । भारतमा ३ लाख ९२ हजार ५६२ जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ६ सय ८८ जनाकाे मृत्यु भएकाे छ । यससँगै भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ९५ लाख ४९ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये २ लाख १५ हजार ५२३ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ५९ लाख ८१ हजार जना निको भएका छन् । सक्रिय केस ३३ लाख ५२ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

विश्वभर संक्रमितमध्ये निको हुनेको संख्या १३ करोड ६९ हजार जना भन्दा बढि छन् । विश्वभर हाल १ कराेड ९५ लाख १३ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १५ करोड २७ लाख ८८ हजार नाघेको छ भने मृतकको संख्या ३२ लाख ५ हजार ७८६ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख ११ हजार ९३५ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ३१ लाख ४६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ९० हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ५७ लाख ७७ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६७ लाख ७७ हजार जनामा भाइरस सक्रिय छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ४७ लाख २५ हजार जना संक्रमितमध्ये १ कराेड ३२ लाख ४२ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ४ लाख ६ हजारभन्दा बढी छन् । हाल १० लाख ७६ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित ३ लाख २८ हजार ८९३ जना पुगेका छन् भने २ लाख ८२ हजार ३८२ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार २९२ पुगेको छ भने ४३ हजार २१३ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत