प्रेरणा

यस्तो स्थान तुरुन्तै छाडिदिनुपर्छ - जहाँ सम्मान, मित्र, जीविका, ज्ञान र सम्बन्ध हुँदैन

काठमाडौँ । जो व्यक्तिको मन वशमा रहन्छ, उनलाई सुख होस वा दुःख, हरेक अवस्थामा शान्ति मिल्दछ । जो व्यक्ति आफ्नो मनलाई काबूमा राख्न सक्दैन, इच्छाको पछाडि दौडन्छ, उसले कहिल्यैपनि सुख-शान्ति प्राप्त गर्न सक्दैन ।

केहि प्रेरक भनाईहरूः

  • जुन त्यागले घमण्ड पैदा हुन्छ, त्यो त्याग होइन  त्यागबाट मन शान्त हुनु पर्दछ । अहंकार छोड्नु नै सच्चा त्याग हो ।
  • जसले ज्ञानको कुरालाई आफ्नो आचरणमा उतार्छन् उसलाई सफलता वा असफलता जे हुँदापनि सुखी र शान्त देखिन्छ ।
  • स्वतन्त्र ती व्यक्ति हुन्छन् जो आफ्नो काम सबै आफैँ गर्दछन् । जो व्यक्ति अर्काको भर पर्छ उ कहिल्यै स्वतन्त्र हुन सक्दैन ।
  • यस्तो स्थान तुरुन्तै छाडिदिनुपर्छ, जहाँ सम्मान हुन्न, मित्र हुन्न, जीविका हुन्न, सम्बन्ध हुन्न र ज्ञान हुन्न ।
  • मनलाई काबूमा राख्न सिक्नु पर्दछ नत्र यसले शत्रुको जस्तै व्यवहार गर्न थाल्दछ ।

गाउँ सहर डेस्क

तपाईँको मत