प्रतिभामा उत्प्रेरणा कार्यक्रम
- गाउँ सहर संवाददाता
- २८ पौष शनिबार, २०८० | २१:२६:०० मा प्रकाशित
.jpeg)
पोखरा । विद्यार्थीहरूको पढाइको सँगसँगै विभिन्न किसिमका उत्प्रेरणात्मक कार्यक्रमबाट विद्यार्थीहरूको मनोबल बढाउने उद्देश्यले पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले कक्षा १०मा अध्ययनरत विद्यार्थीहरू र अभिभावकहरूसहितको उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा ख्यातिप्राप्त मोटिभेसन स्पिकर डा.रविन कटुवालको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रमा कटुवालले पढाइको महत्व मानिसले बुझ्न सक्यो भने संसारमा सबैभन्दा शक्तिशाली वस्तु भनेको ज्ञान वा शिक्षा रहेको बताए ।
आफना कुनैपनि छोराछोरी शिक्षित, संस्कारी र बौद्धिक भएनन् भने छोराछोरीमात्र नभइ बाबुआमाले पनि दुःख पाउने कुरा राख्दै शिक्षा त्यस्तो शक्तिशाली हतियार हो कि त्यो हतियार बलियो छ भने सबै व्यक्तिका अवगुणहरू गुणमा नै बदलिने कुरा बताए ।
कार्यक्रमका अध्यक्ष तथा विद्यालयका संस्थापक प्रिन्सिपल किरण सापकोटाले कार्यक्रमको औचित्यताको बारेमा प्रकाश पार्दै छोराछोरीले बाबाआमाको आँखामा हेरर देखेको सपना पछ्याउने क्रममा उनीहरू कति दिनरात ननिदाउने हुन् हरेक क्षण मिहेनत गर्दा खेरी वा संघर्ष गर्दा मिहेनत र संर्घषबाट कति आनन्दित हुने हुन् त्यो हेर्न बाँकी रहेको बताउँदै जुन कमजोर विद्यार्थीले अबका बाँकी दिनहरूमा आफ्नो पढाइमा बढी स्तरोन्नति गर्छ त्यस विद्यार्थीलाई पनि एसईई प्रथम सहर नै अवार्ड दिने बचन वद्धता व्यक्त गरे ।
विद्यालयका सह–प्राचार्य प्रदीप खनालले सञ्चालन गरेको कार्यक्रमा कक्षा दशको तेस्रौ त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा वितरणसमेत भएको विद्यालयका नेपाली विभागका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस