नेप्से परिसूचक झण्डै तीन प्रतिशतले ओरालाे, ७ अर्बकाे काराेबार
- गाउँ सहर संवाददाता
- १२ बैशाख आइतबार, २०७८ | १६:१२:०० मा प्रकाशित
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक झण्डै तीन प्रतिशतले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७५.७९ अंकले घटेरर २ हजार ५७२.२२ मा झरेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक १२.५६ अंकले घटेर ४६४.०५ मा ओर्लेको छ । कूल २१५ कम्पनीको १ करोड ४६ लाख ९० हजार ७२० कित्ता सेयर ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९०१ मा खरिद बिक्री भए ।
कारोबार भएका १३ उपसमूहको सेयर नै ओरालो लागेको छ । बैंकिङ ४२.६५, व्यापार ११३.५५, होटल तथा पर्यटन २२०.२७, विकास बैंक ८६.३४, जलविद्युत् ११२.४१, वित्त ४३.७७, निर्जीवन बीमा ४४०.८७, उत्पादन १३६.२१, अन्य ४७.१३, लघुवित्त १६०.६५, जीवन बीमा ४६०.०४ , सामूहिक लगानी कोष ०.०९ र लगानी ३.३५ बिन्दुले घटेको छ ।
नेप्सेमा उच्च अंकको गिरावट देखिदा समेत महिला लघुवित्तको सेयरमा भने सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको सेयरमा ९.९९ प्रतिशतको वृद्धि भएको छ ।
यस्तै, विशाल बजार कम्पनी ९.९७, कालिका पावर कम्पनी ३.४५, मिर्मिरे माइक्रोफाइनान्स ३.०५ र गुडबिवल फाइनान्सका लगानीकर्ताले ०.३८ प्रतिशतले कमाए ।
त्यस्तै,चन्द्रागिरि हिल्स ८.४३, नारायणी डेभलपमेन्ट बैंक ८.१९, रिडी हाइड्रोपावर ७.६६, यूनियन हाइड्रोपावर ७.४३, ओरियण्टल होटलका लगानीकर्ताले ६.३६ प्रतिशतले गुमाए ।
कारोबारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहयो । सो बैंकको ३९ करोड ५२ लाख ५२ हजार ६४० बराबरको कारोबार भयो ।
यस्तै, ज्योति लाइफ ३३ करोड ८५ लाख ६२ हजार ७२७, माथिल्लो तामाकोशी २५ करोड ९७ लाख २७ हजार ४४४ , नबलि बैंक २० करोड ९७ लाख ८२ हजार ४०४ र एनआइसि एशिया बैंक २० करोड ५६ लाख ३० हजार ३७२ बराबरको कारोबार भयो ।
कोरोना महामारीको दोस्रो लहर प्रभाव बढ्दै गएकाले पनि धितोपत्र बजार नकारात्मक भएको हो । दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि शेयर लगानीकर्ताको मानोबल पनि कमजोर बनेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस