जीवनशैली

२७% मानिसहरु तालु व्यक्तिलाई अप्रिय र १०% ले संक्रमित मान्दछन्, ६.२% ले काम दिन हिच्किचाउँछन्

समाज तालु मानिसलाई कुन नजरले हेर्छन् ? यसलाई बुझाउनको लागि हार्वर्ड विश्वविद्यालयले अमेरिकामा २ हजार भन्दा बढी अनलाइन सर्वे गर्यो । सर्वेबाट तालु मानिसलाई फोहोरी, अप्रिय र नबुझ्ने नतिजा निकाल्यो । हरेक ६ मध्ये एक व्यक्ति तालुदार व्यक्तिसँग गफ गर्न अफ्ट्यारो महशुष गर्दछन् । सर्वे भन्छ- ६.२% मानिस तालु भएका व्यक्तिलाई काममा राख्न असहज महशुष गर्दछन् ।

तालुपन एक रोग हो जसलाई वैज्ञानिक भाषमा एलोपेशिया भनिन्छ । यो एक अटोइम्यून डिजीज हो । यसले शरीरमा रोगसँग लड्ने इम्यून सिस्टम नै हेयर फलिकल्समा आक्रमण गराउन लगाउँदछ । कपाल चाँडै झर्न थाल्दछ र मानिस तालु हुन थाल्दछ । एलोपेशियाको अहिलेसम्म कुनै सटिक उपचार पाइँदैन ।

विज्ञ भन्छन्- तालुपनको कयौँ कारण हुनसक्छन् । यसका पारिवारीक इतिहास, हार्मोनमा हुने परिवर्तन, पोषक तत्वको कमी, तनावमा रहनु आदि । यसको अलवा रसायन भएको कपालका उत्पादनको अधिक प्रयोग गर्नु, पटक पटक सेम्पू आयल परिवर्तन गर्नुपनि तालुपनाको कारण बताइएको छ ।

सर्वेमा सहभागीमध्ये ३०% मानिसले तालु भएका मानिस विरामी पनि हुन सक्छन् भने । २७% ले अप्रिय बताए । १०% ले संक्रमण भने । ४% ले नजानेको र अन्य ४% ले फोहोरी भने ।

तर ब्रिटेनका साइकोलोजिष्ट डा. केरी मन्टगोमेरी भन्छिन्- एलोपेशियाका विरामीलाई अनेक भेदभाव गर्ने सुनिरहेका हुन्छौँ । उनीहरुलाई घुरेर हेर्ने, तनाव दिने आदि । यस्ता व्यक्तिहरु बाहिर निस्कने र समाजमा घुलमिल गर्नबाट बच्दछन् । सर्वे यो बताउँछ कि तालु व्यक्तिहरु कुने न कुनै प्रकारको भेदभावसँग जुधिरहेका छन् । मानिसमा एउटा भ्रम यो छ कि तालु व्यक्तिहरु कुनै संक्रमणबाट जुधिरहेका छन्, जुनकुरा पूर्णतयाः गलत छ । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत