गाउँ सहर

पोखराका जेष्ठ नागरिकका लागि स्वास्थ्य शिविर

लेखनाथ । पोखरा महानगरपालिका वडा नं-२९ को आर्थिक सहयोग र वडा स्तरीय जेष्ठ नागरिक समितिको सहकार्यमा शनिवार राखिएको निःशुल्क आँखा शिविरमा तीन सय चार जनाले सेवा लिएका छन् ।

वडाभित्र रहेका जेष्ठ नागरिक, अपाङ्ग र असाहायहरुका लागि स्वास्थ्य परामर्शसहित रोग लाग्न भन्दा रोगै लाग्न नदिने उपायहरुका बारेमा जानकारी दिने उदेश्यले राखिएको कार्यक्रममा आँखा परीक्षण गर्दा एक जनाको जलविन्दु र १७ जनाको मोतियाविन्दु देखिएको थियो ।

सेवा लिएका विरामीहरुलाई निःशुल्क रुपमा चश्मा तथा औषधी वितरण गरिएको थियो भने जटिल प्रकृतिका विरामीहरुलाई थप उपचारको लागि हिमालय आखा अस्पताल पोखरा सिफारिस गरिएको समितिका सल्लाहकार बाबुराम सुवेदीले जानकारी दिएका छन् ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं-२९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले वडावासीलाई स्वास्थ्यका बारेमा कसरी निरोगी हुन सकिन्छ भन्ने उद्देश्यले जेष्ठ नागरिकलाई केन्द्रित गरेर शिविर संचालन गरेको बताएका थिए ।

जेष्ठ नागरिक समाज पोखरा-२९ का अध्यक्ष नारायण ओझाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य क्षेत्र बहादुर गुरुङले सिविर राख्नुको मुख्य उदेस्यका बारेमा जानकारी गराएका थिए । शिविरमा ९० वर्षीय भोजराज भण्डारीको आँखा परीक्षण गरी कार्यक्रम सुरु गरिएको थियो । शिविरमा हिमालय आखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो 

गाउँ सहर संवाददाता

तपाईँको मत