स्वास्थ्य

१०४ वर्षीया आमाले लगाइन् कोभिड-१९ विरुद्धको खोप

काठमाडाैं । काठमाडौं महानगरपालिका वडा नं.-७ कुमारीगालकी १०४ वर्षीया मनरुपा चौलागाईंले कोभिड १९ विरुद्धको खोप लगाएकी छन् । 

छोरा बुहारीका साथमा ॐ अस्पतालस्थित खोप केन्द्र आएकी उनले खाेप लगाएकी हुन् । 

काठमाडौं महानगरपालिका वडा नं ७ का वडाध्यक्ष शुद्धकुमार डंगोलले वडाबासीहरु मध्येकी सबैभन्दा ज्येष्ठ नागरिक मनरुपालाई स्वागत गर्दै सुस्वास्थ्यको शुभकामना दिए ।

गाउँ सहर संवाददाता