विश्वभर साढे १८ करोड जना कोरोनामुक्त, १ कराेड ७१ लाखमा भाइरस सक्रिय, एक लाखभन्दा बढि गम्भिर
- गाउँ सहर डेस्क
- ३२ श्रावण सोमबार, २०७८ | ०७:२९:०० मा प्रकाशित

काठमाडौं । पछिल्लाे समय विश्वभर पुन: काेराेनाका संक्रमित बढ्न थालेकाे छ । पछिल्लाे २४ घण्टामा ४ लाख ६७ हजार थपिएका छन् भने ८ हजार ८१ काे मृत्यु भएकाे छ । त्यसैगरि ४ लाख २३ हजार जना निकाे भएका छन् ।
संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १८ करोड ६४ लाख ४२ हजार जनाभन्दा बढि छन् । विश्वभर हाल १ कराेड ७१ लाख ६१ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २० करोड ७९ लाख ७८ हजार नाघेको छ भने मृतकको संख्या ४३ लाख ७४ हजार ६६८ जना पुगेको छ ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ६ हजार ६९१ जनाको अवस्था गम्भीर छ ।
भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ७४ लाख ६६ हजार भन्दा बढि संक्रमितमध्ये त्यहाँ अहिलेसम्म ६ लाख ३७ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २० हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ३ कराेड १ लाख ५३ हजार भन्दा बढि जना निको भइसकेका छन् भने पछिल्लाे २४ घण्टामा ३० हजार थपिएसँगै कुल ६६ लाख ७५ हजारमा भाइरस सक्रिय छ ।
दाेस्राे नम्बरमा रहेकाे भारतमा थप ४२१ जनाकाे मृत्युसँगै कुल संख्या ४ लाख ३१ हजार ७७४ जनाकाे ज्यान गइसकेकाे छ । पछिल्लाे २४ घण्टामा ३३ हजार २२१ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड २२ लाख २५ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ ।त्यसैगरि हालसम्म ३ कराेड १४ लाख ३ हजार जना निको भएका छन् । सक्रिय केस ३ लाख ८९ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
ब्राजिलमा पछिल्लाे २४ घण्टामा १३ हजार संक्रमित भएका छन् भने ३८५ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ५ लाख ६९ हजारभन्दा बढी छन् । हाल ५ लाख ७६ हजार जनामा काेराेना भाइरस सक्रिय छ । हालसम्म २ कराेड ३ लाख ६४ हजार जना संक्रमितमध्ये १ कराेड ९२ लाख १८ हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।
नेपालमा भाइरस संक्रमित ७ लाख ३२ हजार २७२ जना पुगेका छन् भने ६ लाख ८२ हजार ६८२ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १० हजार २९२ पुगेको छ भने ३९ हजार २९८ जना उपचाररत छन् ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- सहज जीवन चाहनुहुन्छ? यी कुरा ध्यान दिनुहोस्
- बालबालिकालाई के सिकाउने, के नसिकाउने
- खासमा तीज के हो, किन मनाइन्छ ? कसरी सुरु गरियो ? यससँग जोडिएको अर्थ र वास्तविकता
- किन पूजिन्छ श्रीकृष्ण, उनको जीवनबाट मानवजातीले के सिक्ने ?
- के जीवन यति जटिल हुनुपर्ने हो? कसरी सहज बनाउने ?
- शैक्षिक क्षेत्रमा 'उत्कृष्ट नतिजा' नै विद्यार्थीले रिलायन्स कलेज छान्नुकाे अब्बल आधार
- असार १५ मा रोपाइँमा सरिक नहुनेले पनि दही चिउरा खानैपर्ने हाे र ? दही चिउरा नै किन खाने ?
- हप्ताको एउटै दिनले कसरी व्यक्तिगत र सामाजिक रूपान्तरण सम्भव छ?
- गर्मीमा शरीरलाई शितल राख्न के-के खाने ?
- पानी पिउँदा गर्नुहुन्न यस्तो गल्ती
प्रतिकृया दिनुहोस