स्वास्थ्य

सन् २०५० सम्ममा हरेक चार मध्ये एक व्यक्तिमा बहिरोपनाको समस्या

सन् २०५० सम्म संसारका हरेक चार मध्ये एक जना बहिरोपनाको शिकार हुनसक्ने दावी विश्व स्वास्थ्य संगठनले गरेको छ ।

उसले जारी गरेको ग्लोबल रिपोर्टमा सन् २०५० सम्ममा बहिरोपनासँग जुध्ने व्यक्तिको संख्या २५० करोड हुने बताइएको छ ।

तर रिपोर्टमा डब्लूएचओले संक्रमण, विरामी, जन्मजात रोग, ध्वनी प्रदूषण र जीवनशैलीमा गडबडीलाई नियन्त्रण गर्न सकिने पनि बताएको छ । साथै उसले उपचार र बचाउको नीतिमा केन्द्रित रहनुपर्ने सूझाव दिएको छ ।

रिपोर्ट अनुसार, वर्तमानमा हरेक पाँचमध्ये एक जनालाई नसुन्ने समस्या छ । १९१९ मा संसारभरमा बहिरोपनाको केश १६० करोड थिए । २०५० सम्म ७० करोडलाई गम्भीर उपचारको आवश्यकता हुनसक्छ । डब्लूएचओको रिपोर्टमा भनिएको छ- समयमा उपचार नपाएरै वा नभएरै पनि केश बढिरहेको छ । योमध्ये ८०% केश निम्न आय भएका देशमा हुने बताइएको छ ।

रिपोर्टमा भनिएकाे छ- स्मार्टफोनमा म्यूजिक सुन्ने र लगातार उच्च आवाजमा सम्पर्कमा रहँदा संसरमा करिब १ अर्ब भन्दा बढी मानिसहरु बहिरोपनको खतरामा छन् । संगठनले १२ देखि ३५ वर्षको व्यक्तिलाई जोखिम समूहमा राखेकाे छ । 

डब्लूएचओका अनुसार, नसुन्ने समस्याका कारण विश्वभरमा ७५० मिलियन डलर खर्च हुने अनुमान छ ।

गाउँ सहर डेस्क

तपाईँको मत