नेप्से ४० अंकले बढेपछि लयमा फर्किएकै हाे त ?
- गाउँ सहर संवाददाता
- १७ फाल्गुण सोमबार, २०७७ | १५:३९:०० मा प्रकाशित

काठमाडाैं । साताकाे पहिलाे दिन शेयरबजारमा दोस्रो कारोबार दिन राहत मिलेकाे छ ।
यस दिन नेप्से परिसूचक ४०.६४ अंक बढेर २५१५.०३ विन्दुमा पुगेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ६.४७ अंक, फ्लोट इण्डेक्स २.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१५ अंक बढेर बन्द भएको छ ।
नेप्से उकालो लागेपनि यस दिनकाे काराेबार भने घटेको छ । यस दिन बजारमा २०९ कम्पनीको ५ अर्ब ६९ करोड २३ लाख रुपैयाँ बराबरको १ करोड १८ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
कारोबार रकमका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन ४४ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आज सबैभन्दा बढी कमाउने शीर्ष १० कम्पनीमा चन्द्रागिरि हिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स र आशा लघुवित्त छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा खानीखोला हाइड्रो, माहुली सामूदायिक वित्तीय संस्था, पञ्चकन्या माइ छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस