नेप्से ४० अंकले बढेपछि लयमा फर्किएकै हाे त ?
- गाउँ सहर संवाददाता
- १७ फाल्गुण सोमबार, २०७७ | १५:३९:०० मा प्रकाशित
काठमाडाैं । साताकाे पहिलाे दिन शेयरबजारमा दोस्रो कारोबार दिन राहत मिलेकाे छ ।
यस दिन नेप्से परिसूचक ४०.६४ अंक बढेर २५१५.०३ विन्दुमा पुगेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ६.४७ अंक, फ्लोट इण्डेक्स २.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१५ अंक बढेर बन्द भएको छ ।
नेप्से उकालो लागेपनि यस दिनकाे काराेबार भने घटेको छ । यस दिन बजारमा २०९ कम्पनीको ५ अर्ब ६९ करोड २३ लाख रुपैयाँ बराबरको १ करोड १८ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
कारोबार रकमका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन ४४ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आज सबैभन्दा बढी कमाउने शीर्ष १० कम्पनीमा चन्द्रागिरि हिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स र आशा लघुवित्त छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा खानीखोला हाइड्रो, माहुली सामूदायिक वित्तीय संस्था, पञ्चकन्या माइ छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस