नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- गाउँ सहर संवाददाता
- २७ असोज मंगलबार, २०८३ | १३:०१:०० मा प्रकाशित
काठमाडौँ। नेपाल टेलिकमले ‘अटम अफर २०८३’ अन्तर्गत विभिन्न आकर्षक भ्वाइस, डेटा तथा कम्बो प्याकेज सार्वजनिक गरेको छ। कम्पनीले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै सस्तो मूल्यदेखि विभिन्न सुविधा समेटिएका नयाँ प्याकेज सञ्चालनमा ल्याएको हो।
नेपाल टेलिकमका अनुसार नयाँ अफरअन्तर्गत अल नेट भ्वाइस प्याक, अनलिमिटेड डेटा तथा एसएमएस सुविधा, पोस्टपेड प्याकेज र विभिन्न कम्बो प्याकेज उपलब्ध छन्। फरक आवश्यकता र क्षमताका ग्राहकलाई लक्षित गरी विभिन्न मूल्य र समयावधिका विकल्प राखिएका छन्।
३५ रुपैयाँदेखि भ्वाइस प्याक
अल नेट भ्वाइस प्याकअन्तर्गत ३५, ४९, ९८, १८९ र २९९ रुपैयाँका प्याकेज उपलब्ध छन्। यी प्याकेजमा क्रमशः १०१, १११, २२२, ३३३ र ६६६ मिनेटसम्म कल गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ। प्याकेजअनुसार यसको समयावधि एक, तीन, सात तथा ३० दिनसम्म रहनेछ।
६९९ र १,४९९ रुपैयाँमा डेटा तथा अनलिमिटेड भ्वाइस
कम्पनीले सहज अनलिमिटेड योजनाअन्तर्गत ६९९ रुपैयाँको ३० दिने प्याकेज उपलब्ध गराएको छ। यसमा अनलिमिटेड अल नेट भ्वाइस, ३० जीबी डेटा र २०० अल नेट एसएमएस प्रयोग गर्न सकिनेछ।
त्यस्तै, १ हजार ४९९ रुपैयाँको ३० दिने प्याकेजमा अनलिमिटेड अल नेट भ्वाइस, ६०० जीबी डेटा र ३५० अल नेट एसएमएसको सुविधा उपलब्ध रहेको सूचनामा उल्लेख छ।
पोस्टपेड प्रयोगकर्ताका लागि पनि विशेष प्याकेज
पोस्टपेड प्रयोगकर्ताले ३७३ रुपैयाँको रेन्टल चार्जमै विभिन्न प्रकारका भ्वाइस तथा डेटा प्याकेज प्रयोग गर्न सक्नेछन्। यसबाहेक ग्राहकका आवश्यकताअनुसार अन्य कम्बो प्याकेजसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
अफरअन्तर्गत बन्डल प्याकेज, एड अन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याकेज तथा एफटीटीएच प्याकेजसमेत समावेश छन्। फरक क्षमता र आवश्यकताका ग्राहकका लागि छुट्टाछुट्टै विकल्प राखिएको कम्पनीको भनाइ छ।
मोबाइल एप र वेबसाइटबाट सेवा लिन सकिने
नेपाल टेलिकमको ‘अटम अफर २०८३’ गत असोज २६ गतेदेखि लागू भएको हो। ग्राहकले आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’ एप प्रयोग गरी विभिन्न प्याकेजबारे जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन्।
त्यसैगरी, कम्पनीको आधिकारिक वेबसाइट www.ntc.net.np मार्फत पनि अफरसम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र उपलब्ध सेवाबारे बुझ्न सकिने नेपाल टेलिकमले जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
प्रतिकृया दिनुहोस