स्वास्थ्य

एप्पल साइडर भिनेगर : हार्ट अट्याक, ब्लड सुगर नियन्त्रणसँगै कोलेस्ट्रोलको स्तर घटाउँछ

इरानमा भएको एक अध्ययन भन्छ- एप्पल साइडर भिनेगरले तौल घटाउनका साथै कोलेस्ट्रोलको स्तरपनि घटाउँछ । १२ हप्तासम्म गरिएको अध्ययनबाट यो नतिजा आएको छ कि यसले ट्राइग्लिसराइड र कोलेस्ट्रोलको लेभल घटाएर हार्ट अट्याकको खतरा कम गर्दछ ।

विज्ञ भन्छन्- यसका अनेक फाइदा छन्, तर एप्पल साइडर भिनेगरको प्रयोग सीमित मात्रामा गर्नुहोस नत्र समस्या निम्त्याउन सक्छ । एक दिनमा ३० मिलीभन्दा बढी प्रयोग नगर्नुहोस् ।

स्याउको जूसलाई फर्मेंट गरेर यो भिनेगर तयार गरिन्छ । यसमा एसिटिक एसिड र सिट्रिक एसिडको अलवा भिटामिन बी, सी पाइन्छ । सिट्रिक एसिड भएको कारण पाचन उत्कृष्ट बनाउँछ । यसलाई पानीमा मिसाएर खाने सल्लाह दिइन्छ ।

यसमा पनि एप्पल साइडर भिनेगर व्यीथ मदर ब्लड सुगर र युरिक एसिडका राेगीकाे लागि अत्यन्तै उपयाेगी मानिन्छ । यसले दुबै राेगलाई नियन्त्रणमा राख्दछ ।

एप्पल साइडर भिनेगरका अन्य फाइदाहरू

१. कपालमा भएको संक्रमण भगाउँछ,
२. डण्डिफोर र धब्बालाई भगाउँछ,
३. भोक नियन्त्रण गरेर तौल घटाउँछ,
४. कोलेस्ट्रोल कम गर्दै रगत पातलो बनाउँछ ।

तर कहिल्यैपनि स्याउको झोलको प्रयोग अत्यधिक नगर्नुहोला । यसो गर्दा भोमिट हुन सक्छ । शरीरमा ब्लड सुगरको लेभल ह्वात्तै घट्न सक्छ । एसिडिक भएको कारण यसले पेट, स्किन र दाँतको माथिल्लो भागमा नोक्सानी पुर्याउन सक्छ ।

यसलाई रेसिपी हेरेर वा विज्ञसँग सल्लाह मागेर उनीहरुको निर्देशनमा घरमै पनि बनाउन सकिन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत