राजनीति

नेकपा विप्लव समूहले भन्याे : हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताको लागि सकारात्मक छ

काठमाडौं । नेकपा विप्लव समूहले आफ्नो पार्टी वार्ता तथा सम्वादको लागि सकारात्मक रहेको जनाएको छ ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज एक विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमूदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम समूदायमा सहज गतिविधि र कार्यक्रम गर्ने बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौं ।’

गाउँ सहर संवाददाता