गाउँ सहर

जनयुद्धकालीन झझल्काे, नेकपा विप्लव समूहद्वारा जग्गा कब्जा

महोत्तरी । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले ६० बिगा जग्गा कब्जा गरेकाे  छ। 

विप्लव समूहका महोत्तरी जिल्ला इन्चार्ज मास र सेक्रेटरी अपिलले शुक्रबार एक वक्तव्य निकाली ६० विघा जमिन जनयुद्धकालमा वज्रंग भनि चिनिने सामन्तको जमिन पुनः कब्जा गरेको जनाएका छन् ।

वक्तव्यमा भनिए छ, ‘महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी महोत्तरी जिल्लाको गौशला नगरपालिका ८ नवराजपुरको ६० विघा जमिन जनयुद्धकालमा वज्रंग भनि चिनिने सामन्तको जमिन कब्जा गरिएको थियो । सो जमिन हाल आएर केही दलालहरु र स्थानीय सरकारको मतिहार ठान्ने वडा अध्यक्ष र केही लठ्ठे गुण्डाहरुको मिलोमतोमा विक्री गरेको र स्थानीय किसान र सुकम्बासीहरुलाई डर, त्रास, धम्कि र घरपरिवारहरुलाई यातना दिन राती राती मदिरासेवनको नसामा गएर किसान र सुकुम्बासीहरुलाई अनयासै दुःख दिने हर्कत गरेको छ । यो हर्कत तुरुन्त रोक्न र यस्तो खालको गतिविधि नदोहोर्याउन यसै वक्तव्यमार्फत जानकारी गराउँदछ ।’

किसान र सुकुम्बासीहरुमाथि सो घटना दोहोरीएमा हदैसम्मको कारवाही गर्न नेकपा बाध्य हुनेछ । २०७६ जेठ ३१ गतेदेखि जमिन पुनः नेपाल कम्युनिस्ट पार्टीले कब्जा गरेको वक्तव्यमार्फत राज्यलाई चुनौति दिएका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत