नेकपा विप्लव समूहद्वारा नेताहरूको गिरफ्तारीविरुद्ध नेपाल बन्दसहितको कार्यक्रम घोषणा
- गाउँ सहर संवाददाता
- ११ चैत सोमबार, २०७५ | २१:०९:०० मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले आफ्नो स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित नेता र कार्यकर्ताहरूको गिरफ्तारीका विरुद्ध १६ गते शनिबार नेपाल बन्दको घोषणा गरेको छ ।
उक्त पार्टीका महासचिव विप्लवले चैत ११ गते विज्ञप्ति मार्फत सङ्घर्षको कार्यक्रम पनि घोषणा गरेको हो ।
विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल बन्द हाम्रो चाहना नभई फासिवादी दमनका विरुद्ध बाध्यता भएको जानकारी आमजनतामा गराउन चाहन्छौँ । यो बन्दले कक्षा १० का विद्यार्थीहरूको एसईई परीक्षालाई बाधा नपारोस् भन्नका लागि शनिबारको दिन आयोजना गरिएको अवगत गराउँछौँ ।
‘बन्द हाम्रै आन्तरिक विषय र दमनकारी सरकारको प्रतिरोध मात्र भएकाले १६ गतेको बन्दप्रति कुनै पनि अन्तर्राष्ट्रिय समुदायलाई भ्रमित र तरङ्गित नहुन आग्रह गर्दछौँ’ उल्लेख गरिएको छ ।
विज्ञप्तिमा चैत २४ गतेसम्मको सङ्घर्षको कार्यक्रम पनि घोषणा गरिएको छ । उक्त कार्यक्रमअनुसार चैत १३ गते देशभर चोक जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मशाल जुलुस, चैत १६ गते शनिबार नेपाल बन्द, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय सङ्गठनका विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन, चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा रहेको छ । साथै चैतभित्र प्रतिबन्ध नहटाएमा र शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा केपी वली सरकारका कार्यक्रमहरूविरुद्ध प्रतिबन्ध र आमहडतालको तयारी गर्ने भनिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस