प्रतिबन्धित नेकपा विप्लव समुहद्वारा राजधानीको विभिन्न स्थानमा मसाल जुलुश
- गाउँ सहर संवाददाता
- ४ बैशाख बुधबार, २०७६ | २२:५०:०० मा प्रकाशित

काठमाडाैं । सरकारले प्रतिबन्ध लगाएकाे नेपाल कम्युनिस्ट पार्टी (विप्लव समुह) ले बुधबार साँझ मसाल जुलुस निकालेकाे छ ।
वैशाख ५ गतेको नेपाल बन्दको पूर्व सन्ध्यामा उपत्यकाको विभिन्न ठाउँमा पनि मसाल जुलुस निकालेको छ । नेकपा निकट अखिल (क्रान्तिकारी) काठमाडौंले जिल्लाको नयाँ बजारमा मसाल जुलुस निकालेको छ । त्यस्तै नेकपा काठमाडौँले जिल्लाकै गोकर्णेश्वर नपामा पनि मसाल जुलुस निकालेको छ । त्यस्तै नेकपा भक्तपुरले जिल्लाको लोकन्थलीमा मसाल जुलुस निकालेको छ । त्यसैगरी उता नेकपा कपिलवस्तुले जिल्लाको दुई स्थानमा मसाल जूलूस निकालेको छ ।
मसाल जुलुसमा नेकपाका कार्यकर्ताहरुले नेकपा माथि लगाएको प्रतिबन्द खारेज गर !, पार्टीका स्थायी समिति सदस्य सुदर्शनलगायत नेताकार्यकर्ताहरुलाई रिहा गर !, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! र भोलिको वैशाख ५ नेपाल बन्द सफल पारौँ जस्ता नाराहरु लगाएका थिए ।
उक्त कार्यक्रमपछि काठमाडाैँकाे गोकर्णेश्वर नपामा कोणसभामा बोल्दै नेकपाका नेताहरुले भनेका छन्, ‘आफ्नो लुटको स्वर्ग बचाउन जनताको बिचमा जनताबाटै अनुमोदित पार्टीलाई बदनाम गराएर अनि प्रतिबन्ध लगाएर खुलेआम हत्या, हिंसा, बलात्कार, कालोबजारी, गुण्डागर्दी अनि भ्रष्टाचार लादेर काण्डै काण्डको बीचमा समृद्ध नेपाल र सुखि नेपालिको भ्रम छर्दै नेपालका जल, जङ्गल जमिन बेच्दै सिंहदरबार, बालुवाटार नीजि बनाउने दलालहरुले चलाएको राज्यसत्ता कदापी स्विकार्य हुनै सक्दैन ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस