राजनीति

रामेछाप नेकपा विप्लव समूहकाे कसैले आत्मसमर्पण नगरेकाे दाबी

रामेछाप । नेपाल कम्युनिस्ट पार्टी विप्लवका रामेछाप जिल्लाका सेक्रेटरीले रामेछाप प्रशासनमा कुनै पनि नेताले आत्मसमर्पण नगरेको जनाएका छन् ।  

विज्ञप्तिमार्फत जिल्ला सदस्य लोकबहादुर राना मगर बिगत ६ महिनादेखि शारीरिक अस्वस्थताको बहाना बनाई पार्टीको काममा क्रियाशिल नभई घरमै बसिरहेको, व्यक्तिगत झैझगडाको कारण प्रहरी प्रशासनबाट खोजतलास गर्दा कानुनको नजरबाट लुकिछिपी बस्दै आएको र आफ्नो गल्ती ढाकछोप गर्न नेकपाको नाम जोडी मिति २०७५ चैत्र २० गते कथित आत्मसमर्पण गरेको कुरा मिडियामा सार्वजनिक गरेको हुँदा नेपाल कम्युनिस्ट पार्टी रामेछाप जिल्ला समितिको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । 


गाउँ सहर संवाददाता

तपाईँको मत