प्रेरणा

कतै हामी समय व्यवस्थापन गर्न नसकेर पो अस्त-व्यस्त छौँ कि ? यस्ता छन् राम्रा र नराम्रा पक्षहरू

दुनियाँमा मानिस अत्यधिक व्यस्त भै रहेका छन् । कतै हामी समय व्यवस्थापन गर्न नसकेर पो हो कि हामी अस्त-व्यस्त छौँ कि ? यो कुरा पो पत्ता लगाउनु पर्ने हुन्छ ।

भनिन्छ ”व्यस्त मानिसले मात्र समय निकाल्न सक्दछ ।” अधिकांश व्यस्त मानिस समय अनुसार चल्दछन् । व्यस्त जीवनले सबैलाई गाँजेको छ । दौडादौड, कुदाकुद, हस्याङ्ग फ़स्याङ्ग छ जीवन l तर समय व्यवस्थापनमा अस्तव्यस्तको कारण गन्जागोल पनि छ ।

व्यस्त हुनुका राम्रा र नराम्रा पक्षहरू

  • तपाईं जति आफ्नो काममा व्यस्त बन्दै जानुहुन्छ त्यति नै आफ्ना मान्छेहरुसँग टाढिदै जानु हुन्छ ।
  • हामी कोही काम गर्नमा व्यस्त छौं । हामीमध्ये कै कोही गुनासो गर्नमा व्यस्त छौं ।
  • व्यस्त मानिसका लागि आराम नै उत्तम उपचार हो भने अल्छी मानिसको लागि काम नै उत्तम उपचार हो ।
  • कोही चाहेर पनि फुर्सद पाउँदैन भने कोही फुर्सद भएर पनि व्यस्त हुन चाहैनन् ।
  • अरूको बारेमा सोच्न कहिल्यै व्यस्त नहुनुहोस् । यसो गर्दा तपाईं सधैं पछाडि पर्नुहुनेछ ।
  • अचेल मानिसहरु आफ्नो भन्दा पनि अरुको बारेमा सोच्न र कुरा काट्नमा व्यस्त हुन्छन ।
  • तपाईं आफ्नो काममा लगनशील भएर व्यस्त हुदै जानुहोस् सफलता अवश्य प्राप्त हुनेछ ।
  • जब हामी व्यस्त हुन्छौं तब कसैको यादहरु र तनाबहरु भुल्न सजिलो हुन्छ ।
  • आत्मीय र साँचो साथीहरु जति नै व्यस्त भए पनि उनीहरु कहिल्यै परिवर्तन हुदैन ।
  • महँगो सफलताको कुरुपतासँग व्यस्त भएका हामी निःशुल्क सौन्दर्यको सहजता बिर्सन्छौं ।
  • सच्चा मित्रहरु त्यो हो जो आफू व्यस्त भएर पनि तपाईंको लागि फुर्सदमा छु भन्छन् ।
  • व्यस्त हुनु अल्छी हुनु भन्दा धेरै राम्रो हुन्छ ।
  • म किन व्यस्त थिए भनेर पत्ता लगाउँन चाहन्थे तर, मैले समय पाइन ।
  • व्यस्त हुनको लागि यो पर्याप्त छैन कि कमिला पनि व्यस्त हुन्छन् । तर प्रश्न यो हो कि हामी के का लागि व्यस्त छौं ?
  • व्यस्त व्यक्तिले बेकार विचार भन्दा बढी हासिल गर्दछ ।
  • हामी आफ्नै व्यस्ततामा हराउँ ताकि हामीलाई नकारात्मक सोचले छुन पनि नसकोस् ।
  • संसारको गतिमा मानिसहरु यति धेरै व्यस्त भए कि यहाँ एकअर्काको लागि हालखबर सोध्ने फुर्सदसम्म पनि छैन ।
  • व्यस्तताले गहिरो सोचलाई दबाउँदछ ।
  • यति धेरै व्यस्त पनि नहुनुहोस् कि परिवारले समेत बिर्सन थाल्छन् ।
  • कोही भन्छन् क्षमा गर्नुहोस् म धेरै व्यस्त छु, यसको मतलब तपाईं तिनीहरुको लागि महत्वपूर्ण हुनुहुन्न । सबैले आफ्नो प्राथमिकता अनुसार आफ्नो समय विभाजन गर्दछ ।

गाउँ सहर डेस्क

तपाईँको मत