गाउँ सहर

सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले तत्काल आवश्यक कानुनी व्यवस्था गरी सहकारी समस्या समाधानको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहकारीको समस्याका बारेमा गम्भीर रूपमा छलफल भएको बताइन् ।

उनले यस सम्बन्धमा तत्काल कानुन व्यवस्था गरी सहकारी र तिनका कारण बचतकर्ताले व्यहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरु गर्ने निर्णय बैठकले जानकारी दिइन् । बैठकमा देशभर बढ्दो क्रममा रहेको आगलागी र डढेलाको समस्याका विषयमा पनि छलफल भएको उनको भनाइ छ ।

आगलागीबाट हुनसक्ने क्षति न्यूनीकरणका साथै तत्काल नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरताका साथ क्रियाशील हुन सरकारले निर्देशन दिएको छ ।

मन्त्रिपरिषद् बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ को उपदफा २३.१ अनुसार पुनरावेदन समितिको अध्यक्ष तोक्ने  निर्णय गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत