गाउँ सहर

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला

राैतहट । पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटले जन्मकैदको फैसला भएको छ । न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा दोषी ठहर गरेको हो ।

२०६४ चैत २७ गते संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको साविक गाविसको राजपुर फरहदवामा आलमकै गोठमा बम बनाउँदै गर्दा विस्फोट भएर घाइते भएका २ जनालाई इटाभट्टामा जिउँदै जलाएको आराेप छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत