स्वास्थ्य

पछिल्लाे २४ घण्टामा ५७ जना कोरोना संक्रमित थपिए, १३३ जना निको, मृत्यु शून्य

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु पुष्टि भएको छैन । पछिल्लो दुई महिनामा मृत्यु शून्य भएको यो पाँचौँपटक हो । हालसम्म देशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ५४ रहेको छ ।

पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या दुई लाख ७२ हजार ६१४ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १३३ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६८ हजार ९२९ पुगेको छ ।

हाल देशभर एक हजार ६३१ जना आइसोलेसनमा र ८१ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको छ ।

गाउँ सहर संवाददाता