राजनीति

रामकुमारी झाँक्री पक्राउ, के बाेलेकी थिइन् झाँक्रीले गोरखामा ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार उनलाई शंखमुलस्थित निवासबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले झाँक्रीविरुद्ध 'राज्यको कसुरविरुद्ध अपराध' मुद्दामा पक्राउपूर्जी लिएर पुगेको थियो ।

कार्यकर्ताको चर्को नारावाजीका बीच झाँक्रीले आफूमाथि प्रहरीको पक्राउ पूर्जि आएको भन्दै राज्यको इमान्दार नागरिकको हैसियतमा  गिरफ्तारि दिएको बताइन् ।

नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको थियाे । झाक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि झाक्रीको निवासमा भेला भएका नेकपा कार्यकर्ताले नारावाजी चर्को नारावाजी गर्दै प्रदर्शन गरेका थिए । 

पक्राउ पर्नुअघि झाक्रीले लोकतन्त्रको उपहास भएको प्रतिक्रिया दिइन् । ‘नागरिकले सडकमा विद्रोहको भाषा बोल्न नपाउने भन्ने हुँदैन । तानाशाहहरु ढल्ने बेलामा यस्तै हुन्छ, निभ्ने बेलाको बत्ति जस्तै’ झाँक्रीको भनाई छ । 

‘हामीले कहिल्यै नखोसिने लोकतन्त्र ल्याएका थियौं । संविधानमाथि आक्रमण भएको छ । संसद विघटन गरेर प्रतिगमनका विरुद्धमा हामीले संघर्ष गर्दा अभिव्यक्त विचारका आधारमा आज ओली नेतृत्वको सरकारले पक्राउ गरेको छ’, उनले भनिन्, ‘पक्राउ पूर्जीका आधारमा म आफ्नै निवासबाट गिरफ्तारी दिँदैछु ।’ उनले राज्यको आदेश तामेल गर्ने क्रममा खटिएका सुरक्षाकर्मीमाथि धन्यवाद पनि दिइन् ।  

झाँक्रीले के भनेकी थिइन्

यसअघि झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन् ।

उनले भनेकी थिइन्- राष्ट्रपतिका कुरा त के गर्नु र ! बडामहारानीले चुनाव हुन्छ भन्‍नुभएछ । बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु । शीतल निवासको कारगेट छाडेर कोटेश्‍वर फर्किए हुन्छ । चाबहिल हो कि कता घर छ रे । त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ ।

'मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी ,’ उनले भनेकी थिइन् । 

झाँक्रीको यो अभिव्यक्ति आएपछि नेकपाको ओली समूहले तीव्र आलोचना गरेको थियो । झाँक्रीलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको थियो । 

गाउँ सहर संवाददाता

Nekapapatinepalsarkar Nekapa लेख्नुहुन्छ २९ माघ, २०७७ २:४४ pm

आजा एक जना अपराधी भ्रष्टचारी मनपरी बोल्ने दम्भ समाजमा अराजक मच्चाउने लाई प्रहरीले प्रकेछ धन्यबाद ।☝️☝️☝️☝️☝️☝️ ७ बर्ष जेल मा थुन्ने निर्णय गरियोस

तपाईँको मत