बालेनलाई रामकुमारी झाँक्रीको ढाडस्- इमान्दार प्रयासहरू सफल हुन्छन्
- गाउँ सहर संवाददाता
- १० भदौ शुक्रबार, २०७९ | १३:००:०० मा प्रकाशित
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकाे पछिल्लाे कदमप्रति समर्थन गर्दै इमान्दार प्रयासहरू सफल हुने बताएकी छन् ।
शाहकाे कामकाे समर्थन गर्दै शुक्रबार दिउँसो सामाजिक सञ्जानमार्फत ९ बुँदासहित नेता झाँक्रीले थप काम गर्न हाैस्याएकी छन् ।
उनले मेयर शाहले आफूले जस्तो दलीय दबाब व्यहोर्न नपर्ने तर्क गरेकी छिन् । झाँक्रीले अनधिकृत संरचनामा डोजर लगाउने मेयर शाहको कदमलाई समर्थन गर्दै अगाडि गर्नुपर्ने कामहरूको सूचि पनि प्रस्तुत गरेकी छिन् ।
मेरो समर्थन मेयर बालेन जीलाई
१) यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने ।
२) मैले बागमती करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएईसकेको थिएँ ।
३) निर्वाचन आएको छ यसले नगरौँ भन्ने दवाव आयो र स्थगन गर्न पर्यो ।
४) स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरी हटाउन सुरू भएको थियो ।
५) मेरो कार्यकाल लामो रहेन । मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं ।
६) सुरुम्वासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ ।
७) मलाई जस्तो दलिय दवाव मेयर बालेन जीलाई हुँदैन ।
८) I am always with you, behind you. keep it up.
९) इमान्दार प्रयासहरू सफल हुन्छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
प्रतिकृया दिनुहोस