रामकुमारी झाँक्री पक्राउपछि प्रचण्ड, जनार्दन, गगन, याेगेशले दिए यस्ताे प्रतिक्रिया
- गाउँ सहर संवाददाता
- २९ माघ बिहीबार, २०७७ | १४:०४:०० मा प्रकाशित
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् ।
पेरिसडाँडामा आज आयोजित एक कार्यक्रममा प्रचण्डले रामकुमारीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको बताए । ‘रामकुमारीले लोकतन्त्र प्रति प्रखर रुपमा बोल्नुभयो भनेर पक्राउ गरियो । यो लोकतन्त्र माथिको आक्रमण हो’, प्रचण्डले भने ।
नेपाली कांग्रेसका नेता गगन थापाले असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्नेमाथि प्रश्न गर्नेहरुलाई सरकारले झ्यालखानामा राखेर तर्साउन खोजेको बताएका छन् ।
उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति ! सरकार झ्यालखानाको संख्या थप, किनकि सत्य को पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन ।’
नेकपा प्रचण्ड–माधव समूहका नेता याेगेश भट्टराईले राष्ट्रपतिका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतलाई धुलिसाफ गर्ने चिन्ता व्यक्त गरेका छन् ।
झाँक्री पक्राउ अघि याेगेश भट्टराईले लेखेका छन्- ‘रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतीका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतीलाई धुलिसाफ गर्ने भए । राष्ट्रपती संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर । ब्यक्तिगत रुपमा रामकुमारीलाई थप परिपक्व बनाउने छ र अझ स्थापित गर्नेछ । प्रहरी रामकुमारीको निवासबाट तत्काल फिर्ता होउ ।’
नेता जनार्दन शर्मा (प्रभाकर)ले देशलाई मुठभेडमा लगेर आफ्नो निहीत स्वार्थपूर्ति गर्ने षडयन्त्र अनुसार नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको टिप्पणी गरेका छन् ।
‘रामकुमारी झाक्री लाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन देशलाई मुडभेटमा लगेर आपनो निहित स्वार्थ पुर्ती गर्ने षड्यन्त्र हो’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
प्रतिकृया दिनुहोस