प्रेरणा

हामी अर्कामा निर्भर बन्ने कि अर्कालाई मद्यत गर्ने बन्ने ?

काठमाडौँ । आत्मनिर्भर हुनु संसारकै शक्तिशाली मानिस हो । झनै आफू आत्मनिर्भर भएर अरुलाई पनि सोहि बाटोमा डोर्याउनसक्ने नै सफल नेतृत्व हो । आज विश्व यहि शब्दको पछाडि लागेको छ भलै प्राप्ति अत्यन्तै कम छ । यसकारण परनिर्भर हुनुभन्दा अरुलाई मद्यत गर्ने हामी सबैको उद्धेश्य हुनुपर्दछ । नत्र मुखमा मात्र यी शब्दहरुले स्थान जमाइरहन्छन, जुन नेपालमा पनि लागू हुन्छ ।

यसै प्रसंगमा एक घटना मनन गरौँ ।

प्राचिन समयमा एक व्यक्ति धेरै अल्छि थिए । उ कुनै काम गर्दैनथ्यो, केवल यताउताबाट कसैगरी खाने व्यवस्था गर्दथ्यो ।

एकदिन उ जंगल घुमिरहेको थियो । तब उसले एउटा स्याल लड्खडाउँदै हिँडिरहेको देख्याे । उसको एउटा खुट्टामा घाउ भएको थियो ।

स्यालको यो अवस्था देखेर अल्छि व्यक्ति ‘यो जंगलमा अहिलेसम्म यो स्याल कसरी जीवित छ ? यसको शिकार कसैले गरेन ? यसलाई खानको लागि मासु कसरी मिल्छ ?’ भनेर सोचिरहेको थियो ।

ती व्यक्ति स्यालको पछिपछि गए, ताकि उसलाई थाहा होस कि स्याललाई खानको व्यवस्था कसरी हुन्छ । त्यहिबेला ती व्यक्तिले सिंहको आवाज सूने । उनी डराए र तुरुन्तै एक रुखमा चढेर लूके । केहि समय पछि त्यहाँ सिंह पुग्यो । उसले मुखमा शिकार राखेको थियो । जब सिंह स्यालको नजिक पुग्यो तब सिंहको मुखमा भएकाे शिकारको मासुको टुक्रा खस्यो । सिंह त्यहाँबाट गयो अनि स्यालले सिंहको मुखबाट झरेको मासुको टुक्रा खायो ।

अल्छि व्यक्तिले त्यो सबै देखिरहेको थियो । उ सोच्न थाल्यो- भगवान कतिसम्म दयालू छन् । एक स्याललाई खानपनि भगवान व्यवस्था गरिरहेका छन् । मपनि पूजा-पाठ गर्छु अनि भगवानले पनि मेरो लागि खाने व्यवस्था जरुर गर्नेछन् । यो सोचेर उनी घर फर्के ।

घर फर्केर अल्छि व्यक्ति बसे र पर्खन थाले कि भगवानको कृपाले उसलाई पनि खाना मिल्नेछ भनेर । बस्दा बस्दा तीन पहर बित्यो, तर खानाको व्यवस्था भएन । खान नपाएको कारण उ धेरै कमजोर भयो । त्यो बेला घरमा एक सन्त पुगे । अल्छि व्यक्ति तुरुन्तै सन्तको नजिक पूगे ।

व्यक्तिले सन्तलाई पूरै कुरा सुनाए । सन्तले भने- भगवानले तिमीलाई यो घटनाको माध्यमबाट ठूलो सन्देश दिएका छन् । तिमी एक स्यालजस्तो बन्न चाहन्छौ, तर भगवान तिमीलाई सिंह बनाउन चाहन्छन् । तिमी अर्कामा निर्भर रहन चाहन्छौँ तर भगवान तिमीलाई अर्कालाई मद्यत गर्ने बनाउन चाहन्छन् ।

अल्छि व्यक्तिलाई सन्तको कुरा चित्त बुझ्यो र त्यसपछि उसले अल्छिपना छाडिदियो र कर्म गर्न थाल्यो ।

गाउँ सहर डेस्क

तपाईँको मत