मेयर बालेनकाे एक्सन - शिक्षा विभागका प्रमुख कोइराला परे कारबाहीमा
- गाउँ सहर संवाददाता
- १४ माघ आइतबार, २०८० | १८:०६:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागका प्रमुख सिताराम कोइराला कारबाहीमा परेका छन् । कोइरालालाई बालेन अध्यक्ष रहेको शिक्षा समितिले गर्नुपर्ने निर्णय आफूखुसी गरेको भन्दै कारबाही गरिएको हो ।
मेयर शाहको सचिवालयकाअनुसार कोइरालालाई लिखित स्पष्टीकरण सोधिएको र काममा तत्कालै नआउन भन्दै सात दिनका लागि कारबाही गरिएको हो ।
कोइरालाले बानेश्वरस्थित रत्नराज्य स्कुलमा प्लस टुमा विज्ञान विषयको अध्यापन गराउने अनुमति विभागमार्फत दिएका थिए । तर, उक्त अनुमति दिने अधिकार नगर शिक्षा समितिसँग रहेको र समितिको अध्यक्ष मेयर शाह नै रहेका छन् ।
समितिले अनुमति दिनुपूर्व निर्णय गरेर मात्रै अनुमति दिनुपर्नेमा निर्णय नै नभएको अवस्थामा कोइराला प्रमुख रहेको शिक्षा विभागले अनुमति दिएको पाइएपछि उनलाई कारबाही गरिएको शाहको सचिवालयले जनाएको छ ।
सचिवालयकाअनुसार बिना निर्णय दिइएको अनुमतिका आधारमा नै रत्न राज्य स्कुलमा २२ जना विद्यार्थी भर्ना भएका थिए । हाललाई कोइरालालाई निलम्बनमा राख्दै यस विषयमा छानबिन गर्ने बालेको सचिवालयले जनाएको छ

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
प्रतिकृया दिनुहोस