शिक्षा

परिमार्जित शिक्षा आजको आवश्यकता : कुलपति  गुरुङ

पाेखरा । गण्डकी  विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर गणेशमान गुरुङले परिमार्जित शिक्षा आजको आवश्यकता भएकोमा जाेड दिएका छन् । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीको ३१औं अभिभावक दिवस, वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहकाे उद्घाटन गर्दै गुरुङले शिक्षा काम र मामसित सम्बन्धित नहुदा विदेश पलायनको समस्या बढेको उनलेे बताए ।

समाजमा योगदान गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिँदै कक्षामा सिकेका विषयवस्तु व्यवहारमा उतार्न विद्यार्थीहरुलाई सुझाव दिए । साथै उनले अवको युग भनेको सुचना र प्रविधिको युग भएकाले विद्यार्थीहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने खालको शिक्षा आवश्यक रहेको विचार राखेका थिए । 

सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले गुणस्तरीय शिक्षा का लागि वडामा आफू लागि परेको बताए ।

कार्यक्रममा  राष्ट्रिय परीक्षा बोर्ड परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेशका प्रमुख लक्ष्मण देवकोटाले १२ कक्षाको नतिजामा उत्कृष्टता हासिल गर्न विद्यार्थीलाई प्रेरित गरे ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले सामुदायिक र निजी विद्यालयमा भएको पाठ्यक्रमलाई एकरुपता दिने नीति बनाउन लागेको बताएका थिए भने नेशनल प्याव्सनका केन्द्रीय सल्लाहकार ज्ञानेन्द्रमाेहन भट्टराईले सरकारले निजी विद्यालयहरुलाई असुरक्षित हुने गरी नीति ल्याउन लागेकाले यो ब्यवहारिक नभएको गुनासो गरे ।

विविध साँस्कृतिक कार्यक्रमका साथ सुरु भएको कार्यक्रममा उच्च शिक्षालय हिसान कास्कीका अध्यक्ष यम रोक्का, प्याव्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेल, एन प्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारी, युनिप्स नेपाल कास्कीका अध्यक्ष शान्त बहादुर गुरुङ, राइजिङ स्टार युवा क्ल्बका अध्यक्ष विष्णु गुरुङ, लक्ष्मी माविका प्रअ जगन्नाथ अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालय संचालक समितिका कार्यवाहक अध्यक्ष दिपेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल बिकल पौडेलले विद्यालयको प्रगति विवरण र भावी योजना सहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । 

सोही अवसरमा पूर्व प्रिन्सिपल विष्णुहरि पौडेल, शिक्षक लक्ष्मी घिमिरे,लक्ष्मी गुरुङ, टिका केसी र मीना परियार, नृत्य प्रशिक्षक मिलन तामाङ, खेल प्रशिक्षक शंकर प्रसाद शाह, शम्भु केसी र चित्रकलाका  प्रशिक्षक नगेनसिंह ठकुरी, कर्मचारी कविता गुरुङ, प्रसाद गुरुङ, पूर्व शिक्षक गाेपाल शाही लाई सम्मान गरिएको थियो । 

कार्यक्रममा गत शैक्षिक सत्रका विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालयका इञ्चार्ज रामप्रसाद अभिकारीले स्वागत मन्तव्य राखेका थिए भने कक्षा ११ की विद्यार्थी बर्षा तामाङ र नाै कि आसिका तामाङले  विद्यार्थीका  तर्फबाट स्वागत मन्तव्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकसिंह गुरुङले धन्यवाद ज्ञापन राखेका थिए । कार्यक्रमको सञ्चालन कक्षा ११, १२ का संयोजक बिष्णुहरि पौडेल तथा अतिरिक्त क्रियाकलाप संयोजक विचित्र न्यौपाने गरेका थिए । विद्यालयमा हाल सात सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत