लायन्स क्लब अफ काठमाडाैं बाैद्धद्वारा रामेछाप र काभ्रेमा न्यानाे कपडा बितरण
- गाउँ सहर संवाददाता
- १८ माघ आइतबार, २०७७ | २१:३६:०० मा प्रकाशित
काठमाडौं । लायन्स क्लब अफ काठमाडौं बौद्धले रामेछाप र काभ्रेका विद्यालयमा तथा माझी बस्तिमा न्यानाे कपडा बितरण गरेकाे छ ।
इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतकाे बाैद्ध क्लबले काभ्रेकाे राेशीगाउँपालिका-११ माम्तिस्थित भीमेश्वर माध्यामिक विद्यालयका पाँच कक्षासम्मका ३५ विद्यार्थीहरूलाई स्वेटर बितरण गरिएकाे लायन्स क्लब अफ काठमाडौं बौद्धका प्रेसिडेन्ट तिलक कुमार श्रेष्ठले जानकारी दिए ।
त्यसैगरि रामेछापकाे खाँडादेवी गाउँपालिका-१ राकाथुमकाे काेथपेकाे देवी आधारभूत विद्यालय र बेलघारीकाे दुधेश्वरी आधारभूत विद्यालयका ४५ भन्दा बढी विद्यार्थीहरूलाई पनि स्वेटर बितरण गरिएकाे श्रेष्ठले बताए ।
शनिवार नै काेथपेस्थित माझी बस्तिका ६२ परिवारलाई ब्ल्याङ्केट पनि बितरण गरिएकाे छ । साथै काभ्रेमै खेलाडीहरूका १२ थान ट्रयाकसुट पनि खेलाडीहरुलाई वितरण गरिएकाे उनले बताए ।
क्लबका सदस्यहरूकाे सहयाेगमा विद्यार्थी र माझी समूदायमा न्यानो कपडा वितरण गरिएको लायन्स क्लब अफ काठमाडौं बौद्धका पाष्ट प्रेसिडेन्ड तथा जोन चियरपर्सन भुवन पोखरेलले बताए ।
काभ्रेकाे माम्तिस्थित भीमेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापक सुवर्ण रायमाझीले काठमाडाैंदेखि काभ्रेसम्मका विद्यार्थीहरूका लागि स्वीटर सहयाेग गरेर विद्यालयप्रति गुण लगाएकाे बताए ।
विद्यालय व्यवस्थापक प्रमुख देवराज श्रेष्ठले आगामी दिनमा पनि लायन्सले सहयाेग गर्ने अपेक्षा राख्दै सामाजिक क्षेत्रमा लायन्सकाे याेगदान प्रशंसनीय रहेकाे बताउँदै सहयाेगकाे हात जाेडिएकाे बताए ।
शिक्षक प्रदीपकुमार रायमाझीले साना साना सहयाेगे पनि बालबालिकामा विद्यालय पढ्न जाने बातावरणकाे सृजना हुने भएकाले लायन्स क्लब अफ बाैद्धाे सहयाेग उदाहरणीय रहेकाे उल्लेख गरे ।
लायन्सका जाेन चियसपर्सन भुवन पाेखरलले आगामी दिनमा पनि ओझेलमा परेका विद्यालयका लागि लायन्स क्लबले उपयक्त समयमा शैक्षिक सामाग्रीहरू सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यसैगरि रामेछापकाे काेथपे भएकाे कार्यक्रममा वडाअध्यक्ष विष्णु श्रेष्ठले छाेटाे समयकाे परिचय र समन्वयमा लायन्स क्लब अफ काठमाडाैं बाैद्धले विद्यालयमा आएर बालबालिकाका लागि स्वीटर र माझी समुदायमा ब्ल्याङ्केट बितरण गरेकाेमा धन्यबाद व्यक्त गरे ।
वडाध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि लायन्ससँग समन्वय गरेर सहयाेगका हातेमालाे गर्न तयार रहेकाे प्रतिबद्धता व्यक्त गर्दै लायन्सकाे सहयाेग शहरबाट गाउँसम्म पुग्नुपर्ने बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।
काेथपेकाे कार्यक्रमलाई सम्बोधन गर्दै जाेन चियरपर्सन भुवन पाेखरेलले लायन्सले सधैँ नहुनेको लागि हात र साथ सँगसँगै बोकेर निस्वार्थ ढंगले सेवामा कार्यरत रहेको भन्दै सहयाेग गर्ने लायन्स सदस्यहरूप्रति आभार प्रकट गरे । उनले जाडोमा मात्र नभएर आवश्यकता अनुसार गर्मीमा पनि आर्थिक अबस्था कमजोर हुने विद्यार्थीहरूका लागि ब्याग, पुस्तक, कपडा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
क्लबका प्रेसिडेन्ट तिलककुमार श्रेष्ठले लायन्स विशुद्ध मानवीय सेवा गर्ने संसारकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय संस्था भएकाले सहयोगी हातहरू फराकिलो बनाएर अघि बढ्न बताउँदै बालबालिकाहरूलाई न्यानो कपडाले निरन्तर विद्यालय आउन सहज हुने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा क्लबका उपाध्यक्ष शिवराज खड्का, सचिव सूयबहादुर तामाङ, क्लब अफिसर नेत्रबहादुर कानूकाे उपस्थित रहेकाे थियाे । साथै विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस