शिक्षा

लायन्स क्लब अफ काठमाडाैं बाैद्धले दुई विद्यालयका विद्यार्थीहरुलाई कपि बितरण गर्ने

  • ३ असार मंगलबार, २०७६ | २२:२३:०० मा प्रकाशित

काठमाडाैं । लायन्स क्लब अफ काठमाडाैं बाैद्धले दुई विद्यालयका विद्यार्थीहरुलाई कपि तथा स्टेशनरी सामग्री बितरण गर्ने भएको  छ । 

गाेकर्णेश्वर -१ मा रहेकाे इश्वरी आधारभूत  विद्यालय चिलाउने र बाघद्वार आधारभूत  विद्यालयका बालबालिकाहरूलाई बिहीबार कपि बितरण गरिने क्लबका अध्यक्ष युवराज सापकाेटाले बताए । 

क्लबले समाजिक अभियान अन्तर्गत विभिन्न सहयाेग तथा सरसफाइ, रक्तदान, लगायत कार्य नियमित गरिरहेका क्लबका फस्ट भाइस प्रेसिडेन्ट भुवन पाेखरेलले बताए । 

लायन्स क्लब अफ काठमाडाैं बाैद्धका सदस्यहरूकाे सहयाेगमा आर्थिक विपन्न भएका बालबालिकाका लागि उक्त कपि बितरण गर्न लागिएकाे क्लबका सदस्य जीवन श्रेष्ठले जनाए । 

क्लबले १५ सय भन्दा बढी कपि बाँड्न लागेकाे हाे । 

विद्यालयमा अध्ययनरत बालबालिकाको नियमित पठनपाठनमा सहजताका लागि कपि प्रदान गर्न लागिएकाे कपि, पेन्सिलकै अभावमा विद्यालय जान बञ्चित हुन नपराेस भनेर शैक्षिक सहयोगका लागि सहयोगी हात अघि बढाएकाे अर्का सदस्य सूर्य लाेप्चन तामाङले बताए ।

तपाईँको मत