अपाङ्ग पुनर्स्थापना केन्द्रमा लायन्स क्लब अफ काठमाडाैं बाैद्धकाे सहयाेग
- गाउँ सहर संवाददाता
- २९ पौष बुधबार, २०७७ | १३:१२:०० मा प्रकाशित

काठमाडाैं । लायन्स क्लब अफ काठमाडाैं बाैद्धले अपाङ्ग पुनर्स्थापना केन्द्र नेपाल गाेकर्णेश्वरमा खाद्यान्न सहयाेग गरेकाे छ ।
क्लबले माघे संक्रान्ति तथा लायन्स क्लब अफ इन्टरनेशनलका संस्थापक ‘मेल्भिन जोन्स’को १४२औं जन्मजयन्तीकाे अवसरमा तरूल, घिउ, चाकु, सखरखण्ड लगायत खाद्यान्न बितरण गरिएकाे लायन्स क्लब अफ काठमाडाैं बाैद्धका प्रेसिडेन्ट तिलककुमार श्रेष्ठले जानकारी दिए ।
लायन्स भन्ने बित्तिकै समाजसेवाको पर्यायवाची रुपमा परिचय बनाएको अवस्थामा पछिल्लो समय सेवा गर्ने मनहरुकाे झन् खाँचाे बढेकाे प्रेसिडेन्ट श्रेष्ठले बताए ।
लायन्स क्लब अफ इन्टरनेशनल ३२५ ए वानका जाेन चियरपर्सन भुवन पाेखरेलले लायन्स क्लब सामाजिक क्षेत्रमा सबै भन्दा पुरानो अन्तराष्ट्रिय संस्था भएको स्मरण गराउदै समाज सेवामा अब्बल स्थान कायम राख्न सबैको सहयोग भएमात्र संभव हुने औल्याए ।
लायन्स क्लब अफ बाैद्धले खाद्यान्न, कपडा, शैक्षिक सामाग्री वितरणदेखि स्वास्थ्य क्याम, वातावरण जाेगाउँ अभियानमा समेत सक्रिय सहभागित जनाउँदै आएकाे सेकेन्ड भाइस प्रेसिडेन्ट शिवराज खड्काले बताए ।
आगामी दिनमा पनि क्लब सामाजिक क्षेत्रमा अझ सक्रियतापूर्वक क्रियाशील हुने खड्काले जनाए ।
लायन्स क्लबहरूले संस्थापक ‘मेल्भिन जोन्स’ काे जन्मजयन्तीमा साताव्यापी रुपमा विभिन्न सामाजिक गतिबिधिको आयोजना गरी मनाउँदै आएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस