अपाङ्ग पुनर्स्थापना केन्द्रमा लायन्स क्लब अफ काठमाडाैं बाैद्धकाे सहयाेग
- गाउँ सहर संवाददाता
- २९ पौष बुधबार, २०७७ | १३:१२:०० मा प्रकाशित
काठमाडाैं । लायन्स क्लब अफ काठमाडाैं बाैद्धले अपाङ्ग पुनर्स्थापना केन्द्र नेपाल गाेकर्णेश्वरमा खाद्यान्न सहयाेग गरेकाे छ ।
क्लबले माघे संक्रान्ति तथा लायन्स क्लब अफ इन्टरनेशनलका संस्थापक ‘मेल्भिन जोन्स’को १४२औं जन्मजयन्तीकाे अवसरमा तरूल, घिउ, चाकु, सखरखण्ड लगायत खाद्यान्न बितरण गरिएकाे लायन्स क्लब अफ काठमाडाैं बाैद्धका प्रेसिडेन्ट तिलककुमार श्रेष्ठले जानकारी दिए ।
लायन्स भन्ने बित्तिकै समाजसेवाको पर्यायवाची रुपमा परिचय बनाएको अवस्थामा पछिल्लो समय सेवा गर्ने मनहरुकाे झन् खाँचाे बढेकाे प्रेसिडेन्ट श्रेष्ठले बताए ।
लायन्स क्लब अफ इन्टरनेशनल ३२५ ए वानका जाेन चियरपर्सन भुवन पाेखरेलले लायन्स क्लब सामाजिक क्षेत्रमा सबै भन्दा पुरानो अन्तराष्ट्रिय संस्था भएको स्मरण गराउदै समाज सेवामा अब्बल स्थान कायम राख्न सबैको सहयोग भएमात्र संभव हुने औल्याए ।
लायन्स क्लब अफ बाैद्धले खाद्यान्न, कपडा, शैक्षिक सामाग्री वितरणदेखि स्वास्थ्य क्याम, वातावरण जाेगाउँ अभियानमा समेत सक्रिय सहभागित जनाउँदै आएकाे सेकेन्ड भाइस प्रेसिडेन्ट शिवराज खड्काले बताए ।
आगामी दिनमा पनि क्लब सामाजिक क्षेत्रमा अझ सक्रियतापूर्वक क्रियाशील हुने खड्काले जनाए ।
लायन्स क्लबहरूले संस्थापक ‘मेल्भिन जोन्स’ काे जन्मजयन्तीमा साताव्यापी रुपमा विभिन्न सामाजिक गतिबिधिको आयोजना गरी मनाउँदै आएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस