‘लायन्स क्लब अफ काठमाडाैं बाैद्ध’ द्वारा ‘लायन्स फूड बैंक’ लाई ५३ हजार सहयाेग
- गाउँ सहर संवाददाता
- २७ चैत बिहीबार, २०७६ | ०९:५९:०० मा प्रकाशित

काठमाडाैं । लायन्स क्लब अफ काठमाडाैं बाैद्धले काराेना भाइरस (काेभिड-१९) काे राेकथामा लागि सरकारले चालेकाे कदम लकडाउनले दैनिक मजदूरी र विपन्न परिवारमा देखिएकाे खाद्य समस्या समाधानमा सहयाेग पुगाेस भनेर लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ए वान अन्तर्गतकाे 'लायन्स फूड बैंक' लाई ५३ हजार ८ सय ६९ रूपैयाँ सहयाेग गरेकाे छ ।
लकडाउनमा जीवनयापन गर्न अफ्ठेराे परेकाे समुदाय र व्यक्तिहरूका लागि थप सहयाेग पुगाेस भनेर क्लबका साथिहरूकाे सहयाेगमा जम्मा भएकाे रकम 'लायन्स फुड बैंक' मा जम्मा गरिएकाे लायन्स क्लब काठमाडाैं बाैद्धका प्रेसिडेन्ट भुवन पाेखरेलले बताए ।
प्रेसिडेन्ट भुवन पाेखरेलका अनुसार क्लबका पास्ट प्रेसिडेन्ड युवराज सापकाेटाले ५११०, प्रेसिडेन्ट भुवन पाेखरेल-५००१, फस्ट भाइस प्रेसिडेन्ट तिलक कुमार श्रेष्ट- ५१००, डाइरेक्टर युगल किशाेर गाैतम ४०००, डाइरेक्टर अच्युत सापकाेटाले २००१ सेक्रेटरी उद्वव सापकाेटा-३०००, ट्रेजरर भाेजराज भट्टराई-४१००, मेम्बरसिप चियरपर्सन जीवन श्रेष्ठ-५१००, मार्केटिङ्ग चियरपर्सन दीपलाल लामाले ५१०० सहयाेग गरेका छन् ।
त्यसैगरि सर्भिस चियरपर्सन सूर्य बहादुर तामाङ-२५५५, डाइरेक्टर केदार चाैलागाइँ ५५००, डाइरेक्टर धातृका लुइँटेल ३५००, डाइरेक्टर मातृका नेपाल ४००० सहयाेग गरि जम्मा ५३ हजार ८ सय ६९ रूपैयाँ सहयाेग गरेका छन् ।
लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ए वान अन्तर्गतकाे 'लायन्स फुड बैंक' ले अहिले विभिन्न लायन्स क्लब र दाताहरूबाट संकलन भएकाे सहयाेग रकमबाट लकडाउनले दैनिक मजदूरी गर्ने र विपन्न परिवारमा परेकाे खाद्य संकट कम गर्न खाद्य सामाग्री वितरण गरिरहेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस