‘लायन्स क्लब अफ काठमाडाैं बाैद्ध’ द्वारा ‘लायन्स फूड बैंक’ लाई ५३ हजार सहयाेग
- गाउँ सहर संवाददाता
- २७ चैत बिहीबार, २०७६ | ०९:५९:०० मा प्रकाशित
काठमाडाैं । लायन्स क्लब अफ काठमाडाैं बाैद्धले काराेना भाइरस (काेभिड-१९) काे राेकथामा लागि सरकारले चालेकाे कदम लकडाउनले दैनिक मजदूरी र विपन्न परिवारमा देखिएकाे खाद्य समस्या समाधानमा सहयाेग पुगाेस भनेर लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ए वान अन्तर्गतकाे 'लायन्स फूड बैंक' लाई ५३ हजार ८ सय ६९ रूपैयाँ सहयाेग गरेकाे छ ।
लकडाउनमा जीवनयापन गर्न अफ्ठेराे परेकाे समुदाय र व्यक्तिहरूका लागि थप सहयाेग पुगाेस भनेर क्लबका साथिहरूकाे सहयाेगमा जम्मा भएकाे रकम 'लायन्स फुड बैंक' मा जम्मा गरिएकाे लायन्स क्लब काठमाडाैं बाैद्धका प्रेसिडेन्ट भुवन पाेखरेलले बताए ।
प्रेसिडेन्ट भुवन पाेखरेलका अनुसार क्लबका पास्ट प्रेसिडेन्ड युवराज सापकाेटाले ५११०, प्रेसिडेन्ट भुवन पाेखरेल-५००१, फस्ट भाइस प्रेसिडेन्ट तिलक कुमार श्रेष्ट- ५१००, डाइरेक्टर युगल किशाेर गाैतम ४०००, डाइरेक्टर अच्युत सापकाेटाले २००१ सेक्रेटरी उद्वव सापकाेटा-३०००, ट्रेजरर भाेजराज भट्टराई-४१००, मेम्बरसिप चियरपर्सन जीवन श्रेष्ठ-५१००, मार्केटिङ्ग चियरपर्सन दीपलाल लामाले ५१०० सहयाेग गरेका छन् ।
त्यसैगरि सर्भिस चियरपर्सन सूर्य बहादुर तामाङ-२५५५, डाइरेक्टर केदार चाैलागाइँ ५५००, डाइरेक्टर धातृका लुइँटेल ३५००, डाइरेक्टर मातृका नेपाल ४००० सहयाेग गरि जम्मा ५३ हजार ८ सय ६९ रूपैयाँ सहयाेग गरेका छन् ।
लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ए वान अन्तर्गतकाे 'लायन्स फुड बैंक' ले अहिले विभिन्न लायन्स क्लब र दाताहरूबाट संकलन भएकाे सहयाेग रकमबाट लकडाउनले दैनिक मजदूरी गर्ने र विपन्न परिवारमा परेकाे खाद्य संकट कम गर्न खाद्य सामाग्री वितरण गरिरहेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस