गाउँ सहर

लायन्स क्लब अफ काठमाडाैं बाैद्धद्वारा राेशीगाउँपालिकाकाे विद्यालयमा स्वास्थ्य सामग्री बितरण

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं बौद्धले काभ्रे काेसीपारिकाे विद्यालयमा 'हेन्ड सेनिटाइजर', मास्क तथा सेनिटरी प्याड लगायत स्वास्थ्य सामाग्री बितरण गरेकाे छ ।

साेमबार इन्टरनेसनल डिस्ट्रिक ३२५ एवान अन्तर्गतकाे बाैद्ध क्लबले काभ्रेकाे राेशीगाउँपालिका-१, खहरेपाँगुस्थित श्री चेतना माध्यामिक विद्यालयका विद्यार्थीहरूलाई स्वास्थ्य सामाग्री बितरण गरिएकाे लायन्स क्लब अफ काठमाडौं बौद्धका प्रेसिडेन्ट तिलक कुमार श्रेष्ठले जानकारी दिए । 

काेराेना उच्च दरमा फैलदै गएकाे बेला क्लबका सदस्यहरू तथा डाबर नेपाकाकाे सहयाेगमा चार सय २० थान 'हेन्ड सेनिटाइजर', एक हजार पाँच सय थान मास्क, दुई सय थान सेनिटरी प्याड तथा नयाँ वर्षकाे दुई सय थान भित्ते क्यालेण्डर  विद्यार्थी तथा शिक्षकहरूलाई बितरण गरिएकाे बाैद्ध जागरण केन्द्रका पूर्वअध्यक्ष तथा लायन्स क्लब अफ काठमाडौं बौद्धका काेषाध्यक्ष सुर्यबहादर लाेप्चन (तामाङ) ले बताए । 

साे अवसरमा इन्टरनेसनल डिस्ट्रिक ३२५ एवानका जाेन चियसपर्सन (एमजेएफ) भुवन पाेखरलले काेभिडकाे त्रासकाे बेला विद्यालयमा स्वास्थ्य सामाग्री अत्यावश्यक र अनिरवार्य भएकाे भन्दै सानाे सहयाेग गरेकाे उल्लेख गरे । 

उनले आगामी दिनमा पनि ओझेलमा परेका विद्यालयका लागि लायन्स क्लबले उपयक्त समयमा शैक्षिक सामाग्रीहरू सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गर्दै लायन्स क्लब सधैँ नहुनेको लागि हात र साथ सँगसँगै बोकेर निस्वार्थ ढंगले सेवामा कार्यरत रहेको भन्दै सहयाेग गर्ने लायन्स सदस्यहरूप्रति आभार प्रकट गरे । 

क्लबका प्रेसिडेन्ट तिलककुमार श्रेष्ठले लायन्स विशुद्ध मानवीय सेवा गर्ने संसारकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय संस्था भएकाले सहयोगी हातहरू फराकिलो बनाएर अघि बढ्ने बताए ।

क्लबका उपाध्यक्ष शिवराज खड्काले जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने मूल मन्त्रले विश्वभरीका लायन्स क्लबका सदस्यहरूले सेवाभावमा काम गरिरहेकाे बताउँदै हुनेहरूले केही रकम जाेहाे गर अलि नहुनेहरूका लागि सहयाेग गर्नु नै लायन्सकाे मूल मर्म भएकाले आवश्यकता पहिचान गरि उक्त विद्यालयसम्म आएकाे बताए ।

त्यसैगरि काेषाध्यक्ष सुर्यबहादर लाेप्चन (तामाङ) ले काेभिडकाे बेला मात्र नभएर आवश्यकता अनुसार अन्य समयमा पनि आर्थिक अबस्था कमजोर हुने विद्यार्थीहरूका लागि शैक्षिक सामाग्री, स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक कुमारसिं लामाले काेभिडकाे बेला पनि लायन्स क्लबमार्फत काठमाडाैंदेखि काभ्रेसम्मकाे विद्यालय विद्यार्थीहरूका लागि स्वास्थ्य सामाग्री सहयाेग गरेर विद्यालयप्रति गुण लगाएकाे बताए । 

लामाले आगामी दिनमा पनि लायन्ससँग समन्वय गरेर सहयाेगका हातेमालाे गर्न तयार रहेकाे प्रतिबद्धता व्यक्त गर्दै लायन्सकाे सहयाेग शहरबाट गाउँसम्म पुग्नुपर्ने बताए ।उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

विद्यालय व्यवस्थापक प्रमुख नारायणदास लामाले आगामी दिनमा पनि लायन्सले सहयाेग गर्ने अपेक्षा राख्दै सामाजिक क्षेत्रमा लायन्सकाे याेगदान प्रशंसनीय रहेकाे बताउँदै सहयाेगकाे हात जाेडिएकाे भन्दै धन्यबाद व्यक्त गरे ।   

उनले साना साना सहयाेग पनि बालबालिकामा विद्यालय पढ्न जाने बातावरणकाे सृजना हुने भएकाले लायन्स क्लब अफ बाैद्धकाे सहयाेग उदाहरणीय रहेकाे उल्लेख गरे । 

शिक्षिका मञ्जु घिमिरेले सञ्चालन गरेकाे कार्यक्रममा वडा सदस्य मानकाजी तामाङ लगायत विद्यालय व्यवस्थापनका पदाधिकारीहरू, अभिभावक, तथा शिक्षक शिक्षिकाहरूकाे उपस्थिति रहेकाे थियाे । 

गाउँ सहर संवाददाता

तपाईँको मत