स्वास्थ्य

राति निन्द्रा आउँदैन ? यो उपाय लगाउनुहोस्, सास लिने र छाड्ने यो तरिकाले समस्या छू मन्तर...

काठमाडौँ । राति निन्द्रा आउँदैन भने सास लिने ४-७-८ उपाय अपनाउन सक्नुहुन्छ । यसलाई अमेरिकाको एरिजोना यूनिभर्सिटीका वैज्ञानिक डा. एन्ड्रयू वेलले तयार गरेका हुन् । यो तरिका प्रणायाममा आधारित छ । लामो समयसम्म यो उपायलाई अपनाएमा चाँडै निन्द्रा लाग्ने गर्दछ । 

यसरी गर्नुहोस् ४-७-८ तरिका

यसलाई गर्नको लागि आरामदायक अवस्थामा बस्नुहोस् । आसन सहि होस् । यदि निन्द्राको लागि यो उपायको उपयोग गर्न खोज्नुभएको भए पल्टनु राम्रो हुन्छ । 

  1. सास लिँदा १ देखि ४ सम्म गन्नुहोस्ः सबैभन्दा पहिला तपाईं आफ्नो ओठ बन्द गर्नुहोस् । फेरि मनमा विस्तारै विस्तारै एकदेखि चारसम्म गन्दै नाकबाट सास लिनुहोस् । मुखबाट सास नलिनुहोस् ।
  2. सास रोक्नुहोस र १ देखि ७ सम्म गन्नुहोस्ः अब सात सेकेण्डसम्म सासलाई रोक्नुहोस् ।
  3. सास फेर्दा १ देखि ८ सम्म गन्नुहोस्ः सिटी बजाएजस्तै मुखबाट ८ सेकेन्डमा सासलाई पूर्णरुपमा बाहिर निकालिदिनुहोस् ।

सास फेर्ने तरिकाले शरीरलाई आरामदायक अवस्थामा लैजान्छ । विशेष गरी यो उपाय, जसमा सासलाई केहि समयसम्म रोक्ने । यसले शरीरको अलग अलग अंगमा अक्सिजनको कमी पूरा गर्दछ । ४-७-८ को तरिकाले तपाईंको मस्तिष्क र शरीरलाई सासको माध्यमबाट नियन्त्रण गर्ने कोसिस गर्दछ । नियमित अभ्यास पछि यो तरिका तपाईंमा आदत बन्दछ ।

डा. वेलका अनुसार, सास लिन ४-७-८ उपाय योगको ४ क्रियाबाट गर्न सकिन्छ ।

१. अनुलोम बिलोम
२. ध्यान
३. कल्पना
४. मार्गदर्शी कल्पना ।

गाउँ सहर संवाददाता

तपाईँको मत