अर्थतन्त्र

बुधबार नेप्सेमा ८४ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौँ । नेप्सेमा मा तीन कम्पनीको ८४ लाख १७ हजार ६ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

नेप्सेमा बुधबार सिटिजन बैंक इन्टरनेशन, फस्ट माइक्रोफाइनान्स लघुवित्त र साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस शेयर सूचीकृत भएको छ ।

नेप्सेमा सिजिटन बैंकको चुक्ता पूँजीको ८ प्रतिशतले हुन आउने ७२ लाख ७१ हजार ८५३ दशमलव ८३१८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

त्यसैगरी मेरो माइक्रोफाइनान्सको चुक्ता पूँजीको ९.५० प्रतिशतले हुन आउने ७ लाख ६० हजार ७०४ दशमलव ५४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनको चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने ३ लाख ८४ हजार ४४८ कित्ता बोनस शेयर नेप्सेमा आजै सूचीकृत भएको छ ।

उक्त बोनस धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकृत भएको हो । बुकक्लोजको अघिल्लो दिनसम्म कायम सम्बन्धीत शेयरधनीले उक्त बोनस शेयर डिम्याट खातामा आएपछि दोस्रो बजारमा खरीद बिक्री गर्न सक्ने नेप्सेले जनाएको छ । 

नेप्सेका अनुसार सिटिजन्स बैंकको मंसिर १० गतेसम्म, मेरो माइक्रोफाइनान्सको पुस १६ गतेसम्म र साल्ट ट्रेडिङको मंसिर १४ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र बोनस शेयर पाउनेछन् ।

गाउँ सहर डेस्क

तपाईँको मत