समाज

सात वर्षीय बालिकालाई  बेच्न भारततर्फ लैजाँदै गर्दा दुई जना पक्राउ

काठमाडौँ । सात वर्षीय बालिकालाई  बेच्न भारततर्फ लैजाँदै गर्दा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१४ का मनोज महतो र भारत मधुबनी जिल्लाका चन्दनराम रहेका छन् । 

सात वर्षीया बालिकालाई ललाइफकाई भारततर्फ लगिरहेको अवस्थामा धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको हो ।

सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको जनाएकाे छ ।

गाउँ सहर डेस्क

तपाईँको मत