प्रविधि

सधैँका लागि बन्द भयो टिकटकसहित ५९ वटा चिनियाँ एप

एजेन्सी । भारतले टिकटकसहित  ५९ वटा चिनियाँ एपलाई सधैँका लागि बन्द गरेकाे छ ।

यसअघि अस्थायी रूपमा प्रतिबन्ध लगाइएका टिकटक, वायडु, वी च्याटलगायत एप चलाउने कम्पनीहरूले चित्त बुझ्दो जवाफ नदिएकाले यी एप सधैँका लागि बन्द गर्ने निर्णय भएको एजेन्सीले जनाएको छ ।

भारतले गत जुनमा राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा खतरा रहेको भन्दै चिनियाँ एपलाई रोक लगाउने घोषणा गरेको थियो । 

चिनियाँ सैनिकसँगको झडपमा परी २० भारतीय सैनिकको मृत्यु भएपछि भारतले यो कदम अगाडि बढाएको हाे । 

भारत र चीनबीच सीमानाकामा तनाव जारी छ । अघिल्लो सातामात्रै दुई देशका सैनिकबीच झडप हुँदा दुबै पक्षका २४ जना घाइते भएका छन्।

गाउँ सहर डेस्क

तपाईँको मत