प्रविधि

टिकटक बन्द गर्ने सरकारकाे निर्णय सच्याउन कांग्रेस दुई महामन्त्रीकाे माग

काठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि कांग्रेस महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सरकारको निर्णय गलत भएको बताएका छन् ।

महामन्त्री गगनकुमार थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिंडेको टिप्पणी गरेका छन् भने शर्माले टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक भएको बताएका छन् ।

आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि महामन्त्री द्वयले नियमन गर्ने नाममा बन्द गरिनु गलत भएको बताएका हुन् ।

सरकारकाे निर्णयप्रति थापाले यस्ताे टिप्पणी गरेका छन्- ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो,’ उनले फेसबुकमा लेखेका छन्, ‘यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो।’

महामन्त्री थापाले सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखिएको आरोप समेत लगाएका छन्, ‘सरकारले यो कदम सच्याउनुपर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन’, उनले लेखेका छन् ।

त्यस्तै महामन्त्री शर्माले टिकटकमार्फत द्वेष फैलाउनेलाई पहिचान गर्न र कानुन बनाएर बन्द गर्न आफूहरुको पनि समर्थन हुने भन्दै उनले एक/दुई गलत उदाहरण दिएर समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक भएको बताएका छन् ।

‘द्वेष फैलाउनेलाई पहिचान गर, नियम बनाइ बन्द गर, नो कमेन्ट l तर एउटा बिराउने साह्रा पिराउने ढंगले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ l यो निर्णय अविलम्ब फिर्ता होस्’ शर्माले भनेका छन् ।

सोमबार सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपछि सामाजिक सञ्जालमार्फत शर्माले सरकारको कदमको बिरोध गरेका हुन् । उनले एक्समा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै सोधेका छन्, ‘गर्धनमा पिलो आयो भने गर्धननै काट्ने कि जोखिम रहित उपचार खोज्ने ?’

टिकटकमार्फत द्वेष फैलाउनेलाई पहिचान गर्न र कानुन बनाएर बन्द गर्न आफूहरुको पनि समर्थन हुने भन्दै उनले एक/दुई गलत उदाहरण दिएर समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक भएको बताएका छन् ।

‘द्वेष फैलाउनेलाई पहिचान गर, नियम बनाइ बन्द गर, नो कमेन्ट l तर एउटा बिराउने साह्रा पिराउने ढंगले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ l यो निर्णय अविलम्ब फिर्ता होस्’ शर्माले भनेका छन् ।

गाउँ सहर संवाददाता

Bhabindra Koirala लेख्नुहुन्छ २७ कार्तिक, २०८० ८:२७ pm

टेलीफोन बत्ती टीभि सबै बन्द गर्दो हुन्छ ??? काग्रेस पनी सतीजाने भयो माओबादी सगै????यो तिमीहरु को अन्तीम शासन त होलानी?????

तपाईँको मत