प्रविधि

टेलिकमको टिकटक च्यालेन्जमा पहिलो हुनेलाई ४० हजार पुरस्कार

काठमाडाैं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ । 

नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने टेलिकमले जनाएको छ । सो च्यालेन्ज आइतबार भाद्र २४० देखि आगामी असोज ७ गतेसम्म सहभागी हुन सकिने छ । 

विजेताहरुलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको टेलिकमले जनाएको छ । यस अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन् । 

त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई रु। ५०० को टप अप प्रदान गरिने छ । 

नेपाली महिलाहरुको महान चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको टेलिकमले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत