समाज

कुटपिट गरी हत्या, देउरानी प्रहरी नियन्त्रणमा 

काठमाडौँ । जेठानीलाई कुटपिट गरी हत्या गर्ने देउरानीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका ६, मोतिपुर बस्ने ४८ वर्षीया आइती बुढाथोकीको कुटपिट गरी हत्या भएको हो । हत्या आरोपमा उनकै देउरानी ४४ वर्षीया भगवती बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

भगवतीले माघ २ गते बिहान कुटपिट गर्दा टाउकोमा चोट लागेर सख्त घाइते भएकी आइतीको उपचारार्थ लखनउमा शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले कुटपिट गर्ने भगवतीलाई नियन्त्रणमा लिएको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत