महेश बस्नेतमाथि महेश बलात्कार र भ्रूण हत्या गरेको आरोपमा छानबिन हुँदै
- गाउँ सहर संवाददाता
- २५ चैत आइतबार, २०८० | १९:३५:०० मा प्रकाशित

काठमाडाैं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ।
पूर्वउद्योगमन्त्रीसमेत रहेका बस्नेतविरुद्ध एकजना महिलाले फौजदारी कसुरको जाहेरी हालेकी हुन्।
मुलुकी अपराध संहिता–२०७४ अनुसार बस्नेतविरुद्ध ती महिलाले जिल्ला प्रहरी परिसर काठमाडौंमा हुलाकमार्फत जाहेरी दिएकी हुन्।
एमालेकै सदस्यसमेत रहेकी ती महिलाले भ्रूण हत्या, बलात्कार र डाँका चोरी प्रकरणमा प्रतिवादी बनाएर जाहेरी दिएकी हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी भूपेन्द्र खत्रीले हुलाकमार्फत आएको जाहेरी दर्ता गरिसकेको बताएका छन्।
पीडित महिलाको जाहेरीमा बस्नेतले आफूमाथि काठमाडौंको बबरमहलस्थित सनसाइन अपार्टमेन्ट र भारतमा समेत पटक–पटक बलात्कार गरेको उल्लेखग रेकी छिन्।
बस्नेत पूर्वउद्योगमन्त्री हुन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस