गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- गाउँ सहर संवाददाता
- १२ बैशाख बुधबार, २०८१ | १३:५८:०० मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले गौर घटनाका पीडितले न्याय नपाएको भन्दै दायर रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
२०६३ चैत ७ गते रौतहटको राइसमिल्स क्षेत्रमा भएको घटनामा २७ जनाले ज्यान गुमाएका थिए ।
उक्त घटनालाई राजनीतिक रंग दिएर पीडितलाई अहिलेसम्म न्याय नदिएको भन्दै पीडितहरूका तर्फबाट त्रिभुवन साह समेतले गत वर्ष २०८० जेठ २१ मा दायर रिटमा जेठ २२, २५, २६ र २९ मा चारपटकका पेसीमा सुनुवाइ नै नभई स्थगित भएका थिए । हेर्न नभ्याइनेमा पर्दै रोकिएका पेसीपछि गत जेठ ३० मा वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजालसले जिल्ला प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयबाट अहिलेसम्म भएका अनुसन्धानका रिटपोर्टहरु झिकाउने आदेश गरेकाे थियो ।
११ माहिनापछि बुधबार मात्र सर्वोच्चमा उक्त रिट पेसीमा चढेको हो । बुधबार साहसहितको रिट न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासमा परेका थियो । श्रेष्ठको इजलासको पहिलो नम्बरमा परेकाे रिटमा कारण देखाउ आदेश जारी भएको रिटमा लिडलयरको भूमिकामा रहेका वरिष्ठ अधिवक्ता उद्धवप्रसाद चौलागाईंले जानकारी दिए । २७ जनाको ज्यान गएको र ५३ जनाभन्दा बढी घाइते भएर धेरै परिवारको बिचल्ली भएको घटनामा किटानी जाहेरी दिँदासमेत कारबाही नभएको गुनासो पीडितहरूले गर्दै आएका छन् ।
वर्तमान उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसहितका विरुद्धमा रौतहट प्रहरीमा पीडितहरूले किटानी जाहेरी दिएका थिए । उनीहरूको जाहेरीमा १६ वर्षसम्म सुनुवाइ नभएपछि जिल्ला प्रहरी र जिल्ला सरकारी वकिल समेतलाई विपक्षी बनाएर साहसहितले रिट दायर गरेका हुन् ।
सर्वोच्चले यसअघि शान्तिप्रक्रियाका विषयलाई लिएर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दायर गरेको रिटमा शान्ति सम्झौता र शान्तिप्रक्रियालाई देखाएर फौजदारी न्याय रोकिएर नबस्ने आदेश गरिसकेको छ । शान्ति सम्झौतामा गर्ने भनेका काम समयमा नगरेमा फौजदारी न्यायले आफ्नो बाटो लिने चेतावनीसमेत सर्वोच्च अदालतले त्यही आदेशमार्फत दिइसकेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस