गाउँ सहर

श्रीमतीको हत्या गरेर आत्महत्या

विराटनगर । मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् ।

 मोरङको बेलबारी नगरपालिका वडा नम्बर १ मा घरभित्रै धारिलाे हतियार प्रहारबाट श्रीमतीको हत्या भएकाे देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार प्रारम्भिक अनुसन्धानले पत्नीको हत्यापछि पतिले आत्महत्या गरेको देखाएको छ। 

बेलबारी–१ का ६० वर्षीय बमबहादुर लिम्बुले पत्नी ४५ वर्षीया गीता लिम्बुको हत्यापछि आत्महत्या गरेको पाइएको उनले बताए। 

‘राति १:५० बजेको घटना हो, धारिलो हतियारले हानेको अवस्थामा गीताको शव भेटिएको थियो भने उनका श्रीमान् बमबहादुर घाँटीमा गहिरो चोट लागेको अवस्थामा गम्भीर घाइते भेटिएका थिए’, डीएसपी दाहालले भने, ‘उनको पनि विराटनगरस्थित नोबेल हस्पिटलमा उपचारका क्रममा मृत्यु भयो।’

घरायसी विवादका कारण हत्या र आत्महत्याको घटना भएको पाइएको उनको भनाइ छ। 

‘श्रीमान्-श्रीमती पहिलेदेखि झगडा गर्थे रे’, उनले भने, ‘अहिलेसम्मको अनुसन्धानले हत्यापछि आत्महत्या गरेको देखिन्छ। तर घटनाबारे अनुसन्धान जारी छ।’

डीएसपी दाहालका अनुसार उनीहरू दुवैको दोस्रो विवाह हो। 

गाउँ सहर संवाददाता

तपाईँको मत