कला

'मास्टर'ले ५ दिनमै  कमायो सय करोड 

एजेन्सी । फिल्म सार्वजनिक हुनुअघि नै हजारभन्दा बढी सोको टिकट बिक्री भएर मास्टरले तरंग ल्याएको थियो। फिल्म सार्वजनिक भएपछि पनि फिल्मको चर्चा कायमै रहेको छ। सुरुकै दिनदेखि उत्साहजनक व्यापार गरेको 'मास्टर' महामारीपछि सय करोड कमाइ नाघ्ने पहिलो फिल्म बन्न सफल भएको छ ।

फिल्मफेयरका अनुसार, ३८ सय पर्दामा रिलिज भएको तमिल फिल्म ‘मास्टर’ पाँच दिनमै सय करोड क्लबमा परेको हो । 

फिल्मले तमिलनाडुबाट ८१ करोड र आन्ध्र प्रदेशबाट २० गरी सय करोड कमाइ गरेको छ । यसबाहेक फिल्मले कर्नाटक, केरला लगायत भारतका अन्य राज्यबाट पहिलो हप्तामै गरेको कमाइ १ सय २५ करोड नाघिसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

लोकेश कंगराज निर्देशित उक्त 'फिल्म' मा दुई सुपरस्टार विजय र विजय सेतुपतीका कारण दर्शक तान्न सफल भइरहेको जनाएको छ ।  महामारीमा भएको लामो बन्दपछि सिनेमा हल खोल्न भारत सरकारले हलमा ५० प्रतिशत दर्शक मात्र बस्न पाउने गरी हल खोल्ने अनुमति दिएको थियो ।

‘मास्टर’ले ५० प्रतिशत अकुपेन्सीमा नै पहिलो हप्तामै १ सय २५ करोड व्यापार गरेको थियो । हिन्दी रिमेक समेत बनेको यो फिल्मको व्यापार भने उत्साहजनक नरहेको एजेन्सीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत