कस्ताे खाना खाइरहनुभएकाे छ ? गलत कमाइबाट आएको त छैन ? जसकाे-जस्ताे खाइन्छ, त्यस्तै साेच
- गाउँ सहर डेस्क
- १ माघ बिहीबार, २०७७ | १३:०३:०० मा प्रकाशित
काठमाडौँ । पुरानो भनाई नै छ, जसको खाइन्छ हाम्रो मनपनि त्यस्तै हुन्छ । जो व्यक्तिको नियत र सोच राम्रो छैन, उसको हातबाट बनेको वा उसको घरमा खाना खाँदा त्यसको नकारात्मक असर हाम्रो सोचमा पर्दछ ।
आज मकर संक्रान्ति साथै सूर्यपनि उत्तरायण भइरहेका छन् । द्वापर युगमा भीष्म पितामहलाई इच्छा मृत्युको वरदान प्राप्त थियो यसकारण मृत्युको लागि सूर्यको उत्तरायण हुने प्रतीक्षा गरिरहेका थिए ।
महाभारतको युद्ध सकिएको थियो जसमा पाण्डवको जीत भयो । तब एक दिन श्रीकृष्ण सबै पाण्डव र द्रौपदीलाई लिएर भीष्म पितामहसँग भेट्न गए । श्रीकृष्णले भने, ‘तपाईं राजधर्मको बारेमा जानकार हुनुहुन्छ, कृपया पाण्डवलाई राजधर्म के हो, बताइदिनुहोस् ताकि भविश्यमा ज्ञान काम आउन सकोस् ।’
भीष्मले राजधर्मको बारेमा भन्न सुरु गरे । उनी राम्रैसँग बोलिरहेका थिए । सो समय बीचमै द्रौपदीले उनलाई रोकेर सोधिन्, ‘पितामह आज तपाईं राजधर्ममा यति मज्जाले ज्ञान दिइरहनुभएको छ । तर, यो ज्ञान त्यो दिन कहाँ गएको थियो, जब दरबारमा दुर्योधनको इशारामा दुःशासनले मेरो चीरहरण गरिरहेका थिए । मलाई अपशब्द प्रयोग गरिरहेका थिए । म मद्यतको लागि सबैको सामुन्ने गिडगिडाइ रहेकी थिएँ । तर तपाईंले त्यो बेला शिर झुकाउनु भएको थियो । तब राजधर्म सो समय बोलेन तर आज बोलिरहेको छ ?’
भीष्म पितामहले भने, ‘तिमीले ठिक भनिरहेकी छौ । सो समय दुर्योधनले मलाई अन्न दिएका थिए र म खान्थेँ । मैले प्रतिज्ञा गरेको थिएँ कि जो पनि हस्तिनापुरको राजगद्दीमा बस्छ, मेरो निष्ठा उप्रति रहन्छ । दुर्योधन पाप कर्म गरेर धन कमाउँथे र उनले दिएको खाना म खान्थेँ । नचाहेर पनि त्यो दूषित अन्नले मेरो सोच्ने क्षमता समाप्त गरेको थियो । त्यसैकारण मैले त्यो दिन तिम्रो मद्यत गर्न सकिनँ । त्यसैले म भन्छु कि अन्न राम्रा व्यक्तिको हातले दिएको खानुपर्छ ।’
भीष्मले भने- जब युद्धमा अर्जुनले मलाई तिर मारेका थिए तब दुर्योधनको खाएको दूषित रगत बग्यो र अहिले मेरो राजधर्मलाई सहि दिशा मिल्यो ।
यसकारण गलत तरिकाले कमाएको धनबाट प्राप्त अन्नले सोच्ने र सम्झने क्षमता समाप्त गरिदिन्छ । त्यसैले जहिल्यैपनि कुनै अर्को व्यक्तिकोमा खाना खान गएमा यो कुरा अवश्य ध्यानमा राख्नुहोला ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस