अर्थतन्त्र

नेप्से दैनिक नयाँ रेकर्ड कायम राख्दै

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दैनिक नयाँ रेकर्ड राखिरहेको छ । साताको चौथो दिन बुधबार नेप्सेले हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको हो । मंगलबार नेप्से नेप्से २८.३१ अंकले बढेर दुई हजार दुई सय ६७ दशमलब ७३ विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको थियो ।

आज नेप्से १८.८१ अंकले बढेर दुई हजार दुई सय ८६ दशमलब ५४ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । आज ५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार २६१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई वटा समूह घटेका छन् भने अन्य १२ वटा समूह बढेका छन् । 

गाउँ सहर डेस्क

तपाईँको मत