अर्थतन्त्र

छिमेक लघुवित्त वित्तीय संस्थाको १९ औंं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको १९औंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा हेटौंडाको होटल सामना प्रालिमा बुधवार  सम्पन्न भएको हो । 

काठमाडौँको मध्यवानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले हालसम्ममा ६७ जिल्लामा १३७ वटा शाखा मार्फत कुल ३ लाख ७९ हजार ६४ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ । 

२०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७६/७७ मा ६६ करोड २१ लाख ३९ हजार ८ सय ४२ रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ । शेयरधनीहरुलाई आर्थि वर्ष २०७६/७७ को मुनाफावाट ७ प्रतिशत नगद लाभांश र २२ प्रतिशत बोनस शेयर गरी कुल २९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय यस साधारण सभाले पारित गरेको छ ।

त्यसैगरि, वित्तीय संस्थाको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचनमा आगामी चार वर्ष कार्यकालको लागी कर्ण बहादुर घले र प्रकाश राज विष्ट र्निविरोध निर्वाचित भएका छन् । साथै संस्थाको अधिकृत पूँजी २ अर्व लाई बृद्धि गरि ३ अर्व पु¥याउने निर्णय समेत साधारण सभाले पारित गरेको जनाइएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत