कला

आजकाल कहाँ छिन् आयशा जुल्का ? 

एजेन्सी । हलिउड नायिका आयशा जुल्का ९० को दशककी चर्चित नायिका मध्येकी एक थिइन् । आयशाले अक्षय कुमार आमिर खानजस्ता ठूला सुपरस्टार्ससँग काम गरिसकेकी छन् । एकातिर आयशाले आमिर खानसँग जो जिता वही सिकंदरजस्तो हिट फिल्ममा काम गरिन्, यस्तै केही हिट फिल्ममा अभिनय गर्न उनले अस्विकार पनि गरिन् । यो कुराको उनलाई आज पनि अफसोस छ । हालै एक अन्तर्वार्तामा आयशाले यसबारे कुरा गरेकी छन् । 

आयशा जुल्काले एक अन्तर्वार्तामा उनले बिकिनीका कारण एक हिट फिल्म अस्विकार गरेको बताएकी छन्। नायिकाले भनिन्, ‘धेरै फिल्म छन् जुन मैले गर्न सकिनँ । मैले मणिरत्नमको फिल्म रोजा गर्न सकिनँ र त्यसको मलाई निकै अफसोस छ आज पनि ।’

आयशाले आफू फिल्म इन्डष्ट्रिमा ज्याकी श्रोफसँग सम्पर्कमा भएको बताएकी छन् । नायिकाले भनिन्, ‘ज्याकी दादासँग म सम्पर्कमा छु । ज्याकी दादा असाध्यै सामाजिक कार्य गर्नुहुन्छ । विशेषगरी जनावरको हितका लागि उहाँ काम गर्नुहुन्छ । ज्याकी दादा जनावर प्रेमी हुनुहुन्छ ।’

यसका साथै आयशालाई रोमा नायडूको फिल्म प्रेम कैदी गर्न नपाउँदाको अफसोस अहिलेसम्म पनि रहेको छ । आयशाले भनिन्, ‘मलाई प्रेम कैदीमा बिकिनी लगाउनुपर्ने थियो त्यसैले मैले त्यो फिल्म अस्विकार गरेकी हुँ ।’

फिल्मबाट किन टाढा भएको भन्ने प्रश्नमा उनले आफू अहिले पनि फिल्मको हिस्सा भएको बताएकी छन् । उनले भनिन्, ‘मलाई अहिले पनि फिल्म, वेब सिरिज र टिभीको प्रस्ताव आउँछ तर जबसम्म मेरो लागि हुने भूमिका आउँदैन तबसम्म प्रस्ताव स्वीकार गर्न सक्दिनँ ।’

उनले भनिन्, ‘म यस्तो भूमिकाको खोजीमा छु जसले मलाई कलाकारको रुपमा सन्तुष्टि दिन सकोस् । फिल्मी दुनियाँभन्दा टाढा म जनावरका लागि काम गरेर आफूलाई व्यस्त राख्छु । म स्क्रिप्ट पनि लेखिरहेकी छु र केही स्क्रिप्ट आफ्नो लागि पनि हेरिरहेकी छु । यतिबेला धेरै कुरा चलिरहेको छ ।’

आयशा जुल्काले सन् २००३ मा समिर वशीसँग विवाह  गरेकी थिइन् । विवाहपछि उनले अभिनयलाई आफूभन्दा टाढा राखिन् । यसबारे उनी भन्छिन्, ‘मैले निकै कम उमेरमा नै फिल्ममा काम गर्न सुरु गरेँ र म एक साधारण जीवन चाहन्थेँ । विवाहपछि बलिउडभन्दा टाढा रहेर मैले जीवन अत्यधिक रमाइलो गरेँ । यो एउटा राम्रो निर्णय थियो  मेरो लागि ।’

म लोनावलामा एनिमल एम्बुलेन्स सुरु गर्न चाहन्थे त्यसैले हालैमा मैले एउटा भ्यान पनि डोनेट गरेँ । म भाग्यश्री, रबिना टन्डन, हेमा मालिनी र अन्य केही सेलिब्रिटीसँग सम्पर्कमा छु ।’ उनले अन्तर्वार्ता मार्फत बताएकी छन् । 

गाउँ सहर डेस्क

तपाईँको मत