प्रेरणा

‘आमाले बनाएको खानालाई सधैँ सम्मान गर्नुहोस्, किनकी यहि खानाले मात्र मनलाई तृप्त पार्दछ’

काठमाडौँ । पहिलो कुरा मानिसले कहिल्यैपनि धनको घमण्ड गर्नु हुँदैन । दोस्रो कुरा आमाले बनाएको खानालाई सधैँ सम्मान गर्नु पर्दछ । जुन सन्तुष्टि आमाको हातबाट बनेको खानामा हुन्छ, बाहिरको खानामा कदापी हुन सक्दैन ।

यसै सन्दर्भमा यो घटना मनन गरौँ ।

एक पटक कुबेर देवले यो सोचे कि मसँग यतिधेरै धन छ, विशेष खास व्यक्तिलाई भोजनमा आमन्त्रित गर्नु पर्छ । कुबेर शिवजीकोमा पुगे र उनलाई सपरिवार आफ्नो घरमा खाना खान बोलाए ।

शिवजी ले कुबेरसँग भने- तपाईं हामीलाई खाना खान बोलाइरहनु भएको छ, योभन्दा अपरिहार्य मानिसहरुलाई खाना खान बोलाउनुहोस् ।

कुबेरले भने- भगवान म अन्यलाई त खाना ख्वाइरहेकै छु । मसँग यतिधेरै धन छ, यसकारण तपाईंको परिवारलाई पनि भोजन गराउन चाहन्छु ।

शिवजी ले कुबेलाई धनको घमण्ड भएको कुरा बुझे र भने- म त कतै जाने आउने गर्दिन । यसो गर्नुहोस्, गणेशलाई लैजानुहोस् । उसलाई भोजन गराउनुहोस् । तर, ध्यान दिनुहोस् कि गणेशको भोक अलग प्रकारको छ है ।

कुबेरले भने- म सबैलाई खाना ख्वाउन सक्छु र गणेशजी लाई पनि ख्वाउँछु ।

भोलिपल्ट गणेशजी कुबेरको घर पुगे । कुबेरले उनको लागि धेरै खाना बनाएका थिए । गणेशजी खानको लागि बसे र सबै खाना सिद्याए । उनले थप खाना मागे । कुबेरले यो देखेर आत्तिए । उनले थप खाना बनाए तर त्यो पनि सकियो । गणेशजी ले पटक पटक खाना मागिरहेको थिए ।

कुबेरले भने, अब सारा खाना सकियो । गणेशजी ले भने- मलाई भान्साकोठामा लैजाउ, मेरो भोक शान्त भएको छैन ।

कुबेरले गणेशजी लाई भान्सामा लगे तर त्यहाँ सबैकुरा सकिएको थियो । उता गणेशजी को भोक शान्त भएको थिएन । उनले भने, अब मेरो भण्डार हिँड्नुहोस् जहाँ खानाको कच्चा सामान छन् । कुबेर भगवानलाई भण्डारमा लगे गणेशजी ले ति सामानपनि खाइदिए ।

अब कुबेरलाई केहिकुरा दिमागमा आइरहेको थिएन कि अब के गर्ने ? जसबाट गणेशजी तृप्त हुन्छन् ।

कुबेर तुरुन्तै शिवजी को मा पुगे र सबैकुरा बताए । शिवजी ले गणेशजीलाई माता पार्वतीलाई बोलाएर ल्याउन भने ।

माता पार्वतीलाई देखेर गणेशले भने- माँ कुबेर देवको खानाले मेरो भोक शान्त भएन, मलाई केहि खाना दिनुहोस् ।

पार्वतीले आफ्नो भान्सबाट केहि खानेकुरा ल्याइन र उनलाई दिइन । सो पश्चात गणेशजीलाई तृप्ति मिल्यो । माताले ख्वाउन थालिन तर गणेश जीले भने- माँ मेरो पेट भर्यो । अब म खान सक्दिन ।

माताले फेरि भनिन्- छोरा थप खाउ ।

तब गणेशजी उठे र भने- माँ मैले थप खाएमा पेट फुट्नेछ । यो भनेर गणेशजी त्यहाँबाट निस्के ।

गाउँ सहर डेस्क

तपाईँको मत