पत्रकार बजगाईंलाई ठुलेको सम्मान
- गाउँ सहर संवाददाता
- १६ फाल्गुण बुधबार, २०८० | १९:०३:०० मा प्रकाशित
काठमाडाैँ । सामाजिक तथा पारिवारिक कथामा आधारित धाराबाहिक श्रृखला (वेब सिरिज) ठुलेले गरिमामय १००औं भाग सफलताका साथ प्रवेश गरेको अवसरमा राष्ट्रिय नाचघर जमल, काठमाडौंमा बुधबार आयोजित एक विशेष कार्यक्रममा सञ्चारकर्मी नवराज बजगाईंलाई सम्मान गरिएको छ ।
दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईंलाई पत्रकारिताको माध्यमबाट कला, संस्कृति, साहित्य तथा समाज परिवर्तनमा योगदान पु-याएबापत सम्मान गरिएको वेब सिरिज ठुलेका निर्माता बिक्रम लामाले बताए ।
बजगाईंलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य (काभ्रे क्षेत्र नं.–१) एवं पूर्व उर्जा राज्य मन्त्री सुर्यमान दोङ (लालध्वज), चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, वेब सिरिज ठुलेका निर्माता बिक्रम लामा, लेखक निर्देशक विष्णु रिजाललगायतले सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा सञ्चारकर्मी पुजन धिताल र ठुलेका कलाकारहरुलाई सम्मान गरिएको थियो ।
पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक/प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक/प्रधान सम्पादक रहेका बजगाईं काभ्रेमा रहेर सक्रिय पत्रकारिता गरिरहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जापान पठाउने भन्दै २१९ जनालाई ठग्ने पक्राउ
- ग्लोबल आइएमई बैंकको प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- राष्ट्र बैंकको कारबाहीमा परे ६ बैंक
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
प्रतिकृया दिनुहोस