कला

लघुकथा : सम्मान!

"दिनु! आज बजारमा नागरिक अभिनन्दनको कार्यक्रम छ जाने होइन? " रामले आफ्नो मित्र दिनुलाई सोध्यो।

"यती बिहानै आठ पनि बजेको छैन् कस्तो कार्यक्रम हो त्यो नागरिक अभिनन्दन् भनेको?"

दिनुले भित्ते घडी तिर नजर घुमाउँदै भन्यो। "तँलाई थाहा छैन आज सगरमाथा आरोहण गर्ने महान व्यक्तिको सम्मानमा कार्यक्रम राखेका छन्।"

"यो के नयाँ कुरा हो तेञ्जिङ्ग नोर्गे शेर्पा पछि कयौँले सगरमाथाको आरोहण गरिसकेका छन्।"

दिनुले खासै चासो दिएन र केटौले शैलीमा भन्यो। त्यसो होइन मित्र कसैको पनि प्रतिभाको सम्मान् गर्नै पर्छ। कार्यक्रमको आयोजकले पनि त केही सोचबिचार पुराए रै कार्यक्रमको आयोजना गरेका होलान्!"- रामले दिनुलाई सम्झाउँदै भन्यो। उनिहरू दुबैजना कार्यक्रममा जान हिंडे। "होला कुनै धनान्ढेको छोरा!"- दिनुले बाटामा व्यङ्ग्य कस्यो।

"त्यो त हामी त्यहाँ पुगेपछि बुझिहाल्छौँ नी! होइन र?"- रामुले प्रश्न गर्यो।

"हो!-ऊ सटिक बोल्यो। "के यिनै हुँन सगरमाथा आरोहण गर्ने? " नजिकै कार्यक्रममा फूलका माला लगाएर बसेको व्यक्ति तिर दिनुले अलिवेर हेरेपछि प्रश्न गर्यो।

"हो नि! यिनै महान व्यक्ति त हुन्। जसले दुबै खुटा नभएपनि सगरमाथा आरोहण गरेर विश्वकृतिमान् हासिल गर्न सके।"- रामुले भन्यो।

दिनु निशब्द भयो।

दाङ घोराही १८ ०१-०३-२०२४, (१८-फागुन२०८०)।

तपाईँको मत